इन्फिनिटी लघुवित्तद्वारा व्यवसायिक तरकारी खेति तालिम सन्चालन

मुसिकोट गुल्मी–इन्फिनिटी लघुवित्तद्वारा १ दिने व्यवसायिक तरकारी खेति सम्बन्धी तालिम सम्पन्न भएको छ ।

इन्फिनिटी लघुवित्त वित्तिय सस्था शाखा कार्यालय मुसिकोट ७ वामीटक्सार गुल्मीको आयोजनामा बुधबार तालिम सम्पन्न भएको वामी शाखा प्रमुख सुधन गौतमले जानकारी दिनुभएको छ ।

सस्थाका अधिकांश सदस्यहरु कृषि पेशामा आवद्द भएकोले आवद्द सदस्यहरुको जीवनयापनमा आर्थिक समृद्दि ल्याउने तथा परम्परागत तवरबाट सन्चालन गरिरहेका कृषकले व्यवसायिक तालिम लिएपछि व्यवसाय गर्न सरल र सहज हुने विश्वासका साथ तालिमको आयोजना गरिएको सस्थाले बताएको छ ।

वामीटक्सारस्थित दरबार होटलको सभाहलमा सम्पन्न कार्यक्रममा ५० जना सदस्यहरुको उपस्थिति रहेको र व्यवहारिक तालिम आयोजना गरेकोमा सहभागिहरुले आयोजकलाइ धन्यवाद दिएका थिए ।

कार्यक्रममा केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता अभिवृद्दि कार्यक्रम पनि सङ्गसङ्गै सन्चालन गरिएको बताइएको छ ।

कार्यक्रममा सस्थाका केन्द्रीय कार्यालय अ्मुवा अनुगमन अधिकृत विशेश्वर विष्टको प्रमुख आतिथ्यता, केन्द्रीय कार्यालय भेटेनरी डाक्टर कृष्ण प्रसाद पौडेल, वामीटक्सार शाखा प्रमुख सुधन गौतम लगायतको उपस्थिति रहेको कार्यरत कर्मचारी सरिता पन्थले जानकारी दिनुभयो ।

कार्यक्रममा उपस्थित केन्द्रीय कार्यालयका व्याक्तित्वाले विषयगत रुपमा तालिममा सहजीकरण गर्नुभएको थियो । सस्थाका वामीटक्सार शाखामा कार्यरत कर्मचारी श्यामबहादुर घर्तीको सन्चालन,शाखा प्रमुख सुधन गौतमको स्वागत मन्तव्य, ज्योती काउचा घर्तीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा सहभागिहरुको गुनासा तथा जिज्ञासाको संकलन तथा त्यसबारे छलफल समेत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय