मुसिकोट युवा क्लव वडानम्बर ७ द्वारा चकटी बनाउने तालिम सुरु

विष्णुप्रसाद आचार्य (चकित) – मुसिकोट युवा क्लव वडानम्बर ७ वामीटक्सार वडा कार्यसमितिको आयोजनामा चकटी र कुसन बनाउने तालिम शनिबारबाट सुरु भएको छ ।

वामीटक्सारस्थित दरबार होटलको सभाहलमा आजबाट तालिम सुरु भएको क्लवकी वडानम्बर ७ की अध्यक्ष शीला खरालले जानकारी दिनुभयो ।

यत्रतत्र अलपत्र फालिएका फोहोरजन्य प्लाष्टिकका कागजबाट चकटी र प्रयोगबिहिन कपडाबाट कुशन बनाउने तालिमको आयोजना गरिएको क्लवका वडाकोषाध्यक्ष सज्जन बौद्दाचार्यले जानकारी दिनुभयो ।

शनिबारबाट सुरु भएको तालिम निरन्तर चलिरहने र फुर्सदमा रहेका स्थानियलाइ आयअर्जनको श्रोतको रुपमा तालिमले सहयोग पुराउने अपेक्षा लिइएको क्लवका वडासचिव सोलन शाक्यले बताउनुभयो ।

शनिबारबाट सुरु भएको तालिममा झण्डै ५० जना सहभागि उपस्थित भएर उत्साहपुर्वक कुसन र चकटी बुन्ने तालिममा सकृय रहेको अध्यक्ष खरालले बताउनुभयो।

खेर गइरहेका प्लाष्टिक र कपडाको सही सदुपयोग हुने र आम्दानीको श्रोतको रुपमा यस तालिमले सहयोग पुराउने क्लवले अपेक्षा गरेको छ ।

तालिमपश्चात सहभागिले निर्माण गरेका चकटी र कुसन क्लवले बजार व्यवस्थापन गर्ने क्लवका नगर महासचिव विष्णुप्रसाद आचार्य (चकित) ले बताउनुभयो ।

तालिममा ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय वामीटक्सारकी सन्चालिका देविका , स्थानिय जमुना बौद्दाचार्य र चमेली बौद्दाचार्यले सहभागिलाइ तालिम दिनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै क्लवका नगर वरिष्ठ उपाध्यक्ष अनुप पान्डे खिमलालले क्लवले स्थापनाकालदेखि रचनात्मक कामको सुरु गरेको र यसलाइ निरन्तरता दिदै सीपमुलक तालिमसङ्गै सामाजिक, सास्कृतिक , स्वास्थ्य र शैक्षिक क्षेत्रमा काम गर्दै अगाडि बढ्ने योजना रहेकोले सबैको साथ र समर्थनको आवश्यकता रहेको भन्दै कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा मुसिकोट युवा क्लव वडानम्बर ७ की अध्यक्ष शीला खरालको अध्यक्षता , क्लवका वडा कोषाध्यक्ष सज्जन बौद्दाचार्यको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय