एलायन्स क्लव मुसिकोटको अध्यक्षमा रामकृष्ण कंडेल सर्वसम्मत चयन

मुसिकोट गुल्मी –एलायन्स क्लब अफ गुल्मी मुसिकोटको पदस्थापना कार्यक्रम वामीटक्सारमा भव्यताका साथ सम्पन्न भएको छ।वामीटक्सार स्थित दरबार होटलमा आयोजित कार्यक्रममा क्लबले सम्बन्धन प्राप्त गरेको हो।एसोसिएसन अफअलाईन्स क्लब इन्टरनेसनल डिस्ट्रिक १०३४ नेपाल अन्तरगत यस क्लबले सम्बन्धन पाएको हो।

एसोसिएसन अफ एलायन्स क्लबस इन्टरनेसनलका गभर्नर जनक भुसाल,एलायन्स क्लब अफ अफ सिटीजनका भाईस गभर्नर अर्जुन गिरी को बिशेष उपस्थितिमा इन्सिटीलेसन कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथी मुसिकोट नगरपालिका उपप्रमुख गंगा श्रेष्ठ,मुसिकोटमा कृयाशिल राजनितीक दलका प्रमुख तथा प्रतिनिधि,विभिन्न सङ सस्थाका प्रमुख तथा प्रतिनिधि,बुद्धिजीवी,समाजसेवी,ब्याबसायी,सुरक्षाकर्मी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो।

केही समय पहिले रामकृष्ण कंडेलको अध्यक्षतामा १५ सदस्यिय एलायन्स क्लब गठन गरिएको थियो।संस्थाको नियमानुसार केन्द्र बाट सम्बन्धन लिनुपर्ने भएकोले क्लबले उक्त कार्यक्रम आयोजना गरेको हो। यस क्लबको कार्य समितिमा उपाध्यक्ष नारायण सापकोटा,उपाध्यक्ष भुपेन्द्र रायमाझी उपाध्यक्ष चन्द्र खरेल,सचीव बिमल छन्तेल,कोषाध्यक्ष प्रबिना परियार,अन्तरास्ट्रिय सम्पर्क अधिकृत डिल्लीराज अर्याल,सदस्यहरु रेशम कुवर,धर्मेन्द्र नेपाली,अमर रेश्मी,सुन्दर प्रधान,लेखनाथ कंडेल,महाबिर बस्नेत,कल्पना घिमिरे,सरस्वती घिमिरे र बोर्ड अफ डाईरेक्टरमा कृष्ण बिश्वकर्मा चयन हुनुभएको छ।

एलायन्स क्लब अफ गुल्मी मुसिकोटले अब छिट्टै कार्ययोजना तयारगरी काम लाई अगाडी बढाऊने अध्यक्ष रामकृष्ण कंडेलले बताऊनुभयो।

अभुतपुर्ब ढंगले कार्यक्रम सम्पन्न भए पश्चात सबै लाई धन्यबाद दिदै सचिब बिमल छन्तेलले भन्नुभएको छः’जिन्दगी चुनौतिको चाङ हो यस्ता चुनौती भोलिका दिनहरुमा अझ बढेर आउने छन र सफलता पुर्बक ती चुनौतीहरु पार गरिनेछ भन्ने बिश्वास पनि लिएको छु , क्ल्बलाई आर्थिक ,भौतिक ,नैतीक र बैचारिक रुपमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुप्रती हार्दिक नमन र सम्मान प्रटक गर्न चाहन्छु ्रआजको कार्यक्रम अन्तिम होइन सुरुवाती हो्र धेरै कति गर्न सकिन्छ यो आगामी १ बर्षे कार्यकालमा हेर्दै जाउ गर्दै जाउ तर नराम्रो पक्कै हुने छैन गरिने छैन यो प्रतिबद्धता पनि ब्यक्त गर्दछु’।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय