गुल्मी सदरमुकाममा ओलीको पुत्ला दहन

सूर्य सुनार,गुल्मी

गुल्मीको सदरमुकाम तम्घासमा जनता समाजवादी पार्टी जसपा का नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन ।

जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्दै जसपाका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन । विरोध कार्यक्रममा जसपाका गुल्मीका वरिष्ठ उपाध्यक्ष धनाश्याम पाण्डेले प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै संसद पुनर्स्थापनाको माग गरेका थिए । साथै जिल्लामा भोलि मसाल जुलुस पनि गर्ने हुदाँ सबैलाई उहाँले उपस्थित हुन आग्रह समेत गर्नुभयो ।

जनता समाजवादी पार्टी ९जसपा०का गुल्मीका सचिब जनक पन्थले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दा प्रतिनिधि सभा भङ्ग गरेको भन्दै शान्तिपूर्ण सशक्त आन्दोलनमार्फत यो कदमलाई परास्त गर्न सबैलाई एक हुन् आग्रह गर्नुभएको थियो ।

विरोध कार्यक्रममा जसपाका गुल्मीका नेताहरुले प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै संसद पुनर्स्थापनाको माग गरेका थिए । उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको विरोधमा चर्को नारावाजी समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय