विष्णु प्रसाद आचार्य (चकित) गुल्मी/ नबखबर
नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदल मुसिकोट नगरपालिका १ पौँदीअमराइद्धारा पौदीअमराइमा मसाल जुलुस गरिने भएको छ ।

यही पौष १३ गते मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सारमा वर्तमान ओली सरकारको अधिनायकवादी कार्यशैलीको विरुद्धमा नेपाली काँग्रेस क्षेत्र नं २ को आयोजनामा हुन गइरहेको विरोध सभालाइ सफल बनाउन भन्दै १२ गते आइतबार साँझ ५ः३० बजे मसाल जुलुसको आयोजना गरिएको नेपाल तरुण मुसिकोट नगरपालिका १ पौदीअमराइका अध्यक्ष भीम पाण्डेले नबखबरलाइ जानकारी दिनुभयो ।
वर्तमान सरकारले नागरिकलाइ धोका दिएको भन्दै असंवैधानिक कदमको विरुद्धमा उक्त जुलुसको आयोजना गरिएको उहाँको भनाइ छ । कार्यक्रममा असंवैधानिक कदमको विरुद्धमा उत्रन सचेत नागरिकहरुलाइ आह्वान गरिएको र नेपाली काँग्रेससंगै यसका भातृ तथा शुभेच्छुक संगठनहरुलाइ उक्त कार्यक्रममा उपस्थित भएर जुलुसलाइ सफल बनाउन अनुरोध गरिएको छ ।