सातसय बगाले थापा समाजको ११ औं अधिवेशन: नयाँ नेतृत्व चयन

सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्म बागलुङको ११ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले छुम बहादुर थापाको अध्यक्षमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा धनश्याम थापा, अम्मर बहादुर थापा, बेलुकाजी थापा महासचिवमा थम्मन थापा सन्देश, सचिवमा सुवेदार मिन बहादुर थापा, भोज कुमारी थापा र कोषाध्यक्षमा शेर बहादुर थापा रहनुभएको छ ।

समितिको सदस्यहरुमा चन्द्र बहादुर थापा, प्रेम थापा, रुद्र बहादुर थापा, हर्क थापा, शिबु थापा, थुमा थापा, टिका कुमारी थापा, विष्णु थापा, डिल बहादुर थापा रहनुभएको छ ।
अधिवेशनले वैकल्पिक सदस्यहरुमा कृष्ण बहादुर थापा, भिम बहादुर थापा, नारायण थापा, ईन्द्र बहादुर थापा र ज्ञान बहादुर थापा चयन गरेको छ ।
त्यस्तै बगाले थापा समाजको केन्द्रिय प्रतिनिधिमा राज थापा, दल थापा र टोप बहादुर थापा रहनुभएको छ । सो अवसरमा दल बहादुर थापा संयोजक रहेको ८ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । सदस्यहरुमा खिम बहादुर थापा, गंगा बहादुर थापा, लोक बहादुर थापा, राम बहादुर थापा, चित्र बहादुर थापा, ज्ञान बहादुर थापा, तिल कुमारी थापा चयन गरिएको बताइएको छ । त्यस्तै लेखा समिति संयोजकमा केहरसिंह थापा सहित सदस्यहरुमा हुम थापा र झम बहादुर थापा रहनुभएको छ ।

समाजले विभिन्न उपसमिति अन्तर्गत विदेश विभाग, अनुशासन समिति, भुपु सैनिक समिति, कृषि समिति, महिला समिति, युवा समिति, विपत व्यवस्थापन समिति गठन गरेको छ ।

समाजका संरक्षक तथा धौलागिरी बहुमुखी क्याम्पसका प्राध्यापक डाक्टर दिन बहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल सरकारका उपसचिव प्रकाश थापाले बधाई मन्तव्य र नव निर्वाचित अध्यक्ष छुम बहादुर थापाले प्रतिवद्वता मन्तव्य र निवर्तमान अध्यक्ष दल बहादुर थापाले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

अधिवेशनमा संस्थाको प्रगति प्रतिवेदन सचिव टोप बहादुर थापा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अम्मर बहादुर थापाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम लेखा समिति सदस्य राज बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय