गुल्मी । पाल्पामा गएराति टिपर दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् । गुल्मीबाट पाल्पाका लागि छुटेको रा १ ख २४०४ नम्बरको टिपर सडकबाट खस्दा रिब्दीकोट गाउँपालिका-३ का विष्णु ढकालकाे ज्यान गएकाे हाे ।
दुर्घटनामा दाङकाे घोराही उपमहानगरपालिका-१२ का यमराज पुन र त्रिवेणी गाउँपालिका-५ रोल्पाका हिमाल घर्ती घाइते हुनुभएकाे छ । घाइते दुवै जनाकाे तानसेनकाे युनाइटेड मिसन अस्पतालमा उपचार भैरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार टिपर आफैँ ब्याक हुँदा दुर्घटना भएकाे हाे । टिपरका चालक घोराही उपमहानगरपालिकाका अजय चौधरीलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।