काठमाडौं । देशभर जाडो अत्यधिक बढेको छ । पहाडी भूभागमा अहिले आंशिक बदली रहेको छ भने बाँकी भागमा मौसम सामान्यतया सफा छ।
दिउँसो र राति देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा भने मौसम सफा रहने छ।

आज वर्षा तथा हिमपातको सम्भावना छैन। पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले वर्षा र हिमपातको सम्भावना नभएको महाशाखाले जनाएको छ।
महाशाखाले देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन सुझाव दिएको छ।