प्रचण्ड सरकार कुहिएको फलजस्तो भएको ओ‌लीको टिप्पणी

भोजपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार धेरै चल्ने र टिक्नवाला नभएको टिप्पणी गरेका छन् ।

मध्यपहाडी यात्राअन्तर्गत भोजपुर सदरमुकाममा आयोजित कार्यक्रममा उनले प्रचण्ड नेतृत्वको सरकार कथम कदाचित अगाडि बढे देशलाई दुर्भाग्य हुने बताए ।

ओलीले भने, ‘यो कुहिएको फलजस्तो भएको छ, यसलाई झारेन भने पनि आफैं झर्छ । यो सरकार कुनै हालतमा पनि अगाडि बढ्न सक्ने अवस्थामा छैन ।’

उनले एमालेलाई सिध्याउँछु, मार्छु भन्ने नदेख्न चेतावनी दिए । अध्यक्ष ओलीले गठबन्धन सरकारमा रहेका दलहरू कसरी एमालेलाई कमजोर बनाउने भनेर लागेको ओलीको जिकिर छ ।

‘एमालेसँग एक्लै कोही लड्न सक्दैनन् । कसैले दाहिने हात, कसैले देब्रे हात कसैले जीउ समात्ने, कोही कम्मरमा समाएर पछार्न खोज्दैछन् । तर, हामीलाई सिध्याउँछु भनेर हातको छेउमा आए मुक्का खान्छन्, खुट्टाको छेउमा आए कच्याककुचुक हुन्छन् । एमालेले त्यो स्ट्रेन्थ बनाउनुपर्छ ।’

मिसन ८४ मा एमालेले बहुमत नल्याए देशको अस्तित्व नै संकटमा पर्ने उनको दाबी छ । देशको बर्बादी एमालेले हेरिरहन नसक्ने उनको भनाइ छ । – नेपाल प्रेसबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय