शेखरलाई संसदीय दलको नेता बनाउन लागौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा संसदीय दलको नेता परिवर्तन गर्न प्रयास गर्नुपर्ने बताएका छन् ।

बुधबार शेखर–गगन पक्षको भेलामा उनले समूह एकढिक्का भई शेखर कोइरालालाई संसदीय दलको नेता बनाउन प्रयास गर्नुपर्ने बताएका भेलामा सहभागी एक नेताले बताए । ‘हामी एकतावद्ध भएर संसदीय दलको नेता फेर्न लागौं, देउवा नै प्रधानमन्त्री हुने अवस्था भयो भने २०८२ मा महाधिवेशन हुन सक्दैन’, ती नेताले अनलाइनखबरसँग भने ।

थापाले १४ औं महाधिवेशनबाट बनेको शेखर–गगन समूह एकतावद्ध हुन नसकेकामा असन्तुष्टि जनाए । आफूले समूहभित्रै र पार्टी सभापतिसँग पनि भिड्नुपरेको भन्दै थापाले भने, ‘समूह एकतावद्ध हुने हो भने देउवासँग भिडौं, हाम्रो समूहमा नभिडौं’, थापाको भनाइ उधृत गर्दै ती नेताले भने ।

हाल कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेता छन् । कांग्रेसका पार्टीबाट सरकारको नेतृत्व गर्दा संसदीय दलको नेताले गर्ने व्यवस्था छ । हालको सत्ता गठबन्धनका दलहरुबीच सत्ता साझेदारी गर्ने सहमति अनुसार पुष्पकमल दाहाल प्रचण्डपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय