नेकपा बागलुङको कार्यालय प्रहरी निगरानीमा

बागलुङ/ नेकपा बागलुङको पार्टी कार्यालयले प्रहरीले पहरा दिन सुरु गरेको छ ।

सत्तारुढ पार्टी नेकपा केन्द्रमा विभाजन भएसंगै त्यसको प्रभावमा जिल्लामा पनि परेकाले त्यस्तो कुनै अप्रिय घटना नहोस् भनेर प्रहरीले पार्टी कार्यालयमा निगरानी र पहरा बढाएको हो ।

केन्द्रमा पार्टी विभाजन भएसंगै जिल्लामा पनि त्यसको प्रभाव परेको र दुई पक्षबीच कुनै खालको समस्या उत्पन्न नहोस् भन्ने हेतुले सुरक्षा दिएको जिल्ला सुरक्षा समितिका प्रमुख एव प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

दुई समुह हुँदा विवाद हुनसक्ने आशंकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । देशका विभिन्न ठाउँमा तालाबन्दी र आन्दोलनका घटनाहरु भएकाले यहाँ त्यस्तो नहोस भनेर सचेतना अपनाईएको न्यौपानेले बताए ।

(बागलुङ पोस्टबाट)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय