गगन र शेखरबीचको संवादविहीनता अन्त्य !

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरका दुई नेता महामन्त्री गगन थापा र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीचको वार्ता सकारात्मक टुंगिएको छ ।

दुई नेताबीचको वार्ता सकारात्मक भएपछि कोइरालाको आह्वानमा आज बोलाइएको बैठक भोलि (बुधबार) बस्ने सहमहामन्त्री जीवन परियारले बताउनुभयो । थापा र कोईरालाबीच डिनर मिटिङमा गम्भीर छलफल भएर सहमति बनेसँगै बैठक भोलिका लागि सारिएको हो । डिनर मिटिङमा थापा र कोईरालाबीच गम्भीर छलफल भएको बुझिएको छ ।

१४ औँ महाधिवेशनमा एउटै खेमा बनाएर चुनावमा उत्रिएका थापा र कोईरालाबीच पछिल्लो केही समयदेखि संवादविहीनताको अवस्था आएपछि कांग्रेसको संस्थापन इतर पक्ष कमजोर हुँदै आएको थियो । सोही विषयलाई मनन गर्दै अर्का नेता अर्जुननरसिंह केसीको समन्वयमा दुई नेताबीच हिजो गम्भीर छलफल भएको हो ।

हिजो भएको उक्त छलफलपछि दुवैबीचको संवादविहीनताको अन्त्य भएको छ । साथै दुवैले मिलेर फेरि संगठित हुने सहमति गरेका छन् । भोलिको बैठकमा दुवै नेताबीच एउटै एजेण्डामा छलफल हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय