जीवन संगिनी बेपत्ता पश्चात् भावुक मुद्रामा श्रीमतीको तस्बिर देखाउदै ८४ बर्षिय श्रीमान

सुमन महतरा,गुल्मी

गत जेठ १३ गते दाउरा लिन गएकी श्रीमतीको अहिलेसम्म कुनै खबर नआएपछि उनका ८४ वर्षीय श्रीमान बिचल्लीमा परेका छन् ।

बाग्लुङ जिल्लाको बढिगाड गाउँपालिका वडा नम्बर १० की ७४ वर्षीया खिमसरा विक विगत नौ महिना देखी बेपत्ता भएकी हुन् । श्रीमती बेपत्ता भए संगै उनका श्रीमान यति बेला बिचल्लीमा परेका छन भने श्रीमतीको खोजिमा भौतारिएका छन् ।

बाग्लुङ जिल्ला संगै गुल्मी, अर्घाखाँचीसहित विभिन्न जिल्ला चाहार्दा समेत कतै बाट केहि खबर नआएको गुनासो गरेका छन्।

बुधवार श्रीमतीको तस्वीर हातमा लिएर गुल्मीको सदरमुकाम तम्घास पुगेका विकले भने ” श्रीमतीको मानसिक सन्तुलन ठिक थिएन दाउरा लिन गएकी श्रीमती अहिले सम्म घर फर्किन ” । उनले थपे “कतै भेटिन्छनकी भनेर फोटो हातमा लिएर मानिसलाई सोधै र खोज्दै हिडेको छु कतै तपाईं हरुले देख्नु भयो भनी खबर गर्नु होला है “।

सबंधित सबै प्रहरी चौकीमा उजुरी दिएको र अहिले सम्म कुनै खबर नआएको उनले गुनासो गरे । साथै फेला पार्नु हुनेले ९८१६१३२११७ मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

जीवन संगिनी बेपत्ता पश्चात् भावुक मुद्रामा श्रीमतीको तस्बिर देखाउदै ८४ बर्षिय बृद्द । फोटो: सुमन महतारा, सेतोमसी
बाग्लुङ जिल्ला संगै गुल्मी, अर्घाखाँचीसहित विभिन्न जिल्ला चाहार्दा समेत कतै बाट केहि खबर नआएको गुनासो गरेका छन्।

बुधवार श्रीमतीको तस्वीर हातमा लिएर गुल्मीको सदरमुकाम तम्घास पुगेका विकले भने ” श्रीमतीको मानसिक सन्तुलन ठिक थिएन दाउरा लिन गएकी श्रीमती अहिले सम्म घर फर्किन ” । उनले थपे “कतै भेटिन्छनकी भनेर फोटो हातमा लिएर मानिसलाई सोधै र खोज्दै हिडेको छु कतै तपाईं हरुले देख्नु भयो भनी खबर गर्नु होला है “।

सबंधित सबै प्रहरी चौकीमा उजुरी दिएको र अहिले सम्म कुनै खबर नआएको उनले गुनासो गरे । साथै फेला पार्नु हुनेले ९८१६१३२११७ मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय