गुल्मीमा जुम्ल्याहा दाजुभाईले पाए आमाको नामबाट नागरिकता

टोपलाल अर्याल

गुल्मी–संविधानमा आमाको नामबाट नागरिकता पाउने व्यावस्था भएपनि जिल्ला प्रशासन कार्यालयले नागरिकता नदिदा वर्षौ समस्यामा परेका थुप्रै छन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्वव पन्थीका अनुसार गुल्मीमा पछिल्लो दुई बर्ष आमाको नामबाट नागरिकता पाउने दुई जना मात्रै छन् ।

बुवाको पहिचान नभएका रेसुंगा नगरपालिका १ का १८ बर्षीया राम र लक्ष्मण भण्डारीले दुई बर्षको सङघर्षपछि मंगलबार नागरिकता पाएका छन् । नागरिकता पाएपछि दुई दाजुभाई र परिवारनै खुसी भएका छन् ।

‘पहिले नागरिकता नपाएर रुने अवस्था थियो, अहिले पनि हर्षका आँसु बगे,’रामले भने,‘अब लाहुरे बन्ने सपना गर्छौ ।’
आमा ५२ बर्षीया भवि भण्डारी बोल्दैनन् । उनी कोबाट गर्भवति भइन परिवारलाई पत्तै भएन् । ०५९ सालमा जुम्ल्याहा दुई दाजुभाई जन्मिए ।

उनीहरु आमासहित मावलीमै हुर्किए । राम र लक्ष्मणलाई हजुर बुवा ७९ बर्षीय बलराम भण्डारीले अहिलेसम्म पालन पोषण र शिक्षादिक्षाको काम गरिरहेका छन् ।

उनीहरुले अहिले महेन्द्र नमुना माविको कक्षा १२ मा अध्ययन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता नदिएपछि दुई बर्षदेखि दुई दाजुभाई पीडित थिए ।

रेसुंगा नगरपालिका वडा नं १ वडा कार्यालयको मुचुल्का र सिफारित, जिल्ला प्रहरी कार्यालयको प्रहरी प्रतिबेदन र सनाखत तथा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गरिएको स्थलगत अध्ययन प्रतिवेदनको आधारमा जिल्ला प्रशासन कार्यालयले ०७७ पुस ७ गते राम लक्ष्मणलाई नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले बताए ।

सबैको सहयोगमा प्रमाण जुटाएर दुई दाजुभाईलाई नागरिकता दिन पाएकोमा आफुलाई पनि खुसी लागेको बताए ।
नागरिकताको बिषयमा भण्डारी परिवारले नयाँ आशा थिएन । किनकी त्यो परिवार, नेता र अधिकारकर्मी प्रशासनका अनेक अल्झन र प्रक्रियाका कारण आजित भएका थिए ।

संयोगले डेढ महिना अघि अधिवक्ता गणेश श्रीपाली भेट हुनुनै भण्डारी परिवारको सौभाग्य बन्यो । उनलाई राम र लक्ष्मणले आफुहरुको पीडा सुनाएर । श्रीपालीलाई परिवार र दुई दाजुभाईको आँखाबाट झरेका आँसुले पीडा बोध बनायो ।

उनले अहिलेसम्म चालिएको प्रक्रिया र थप अध्ययन गरे । त्यसपछि संविधानको व्यावस्था, सर्वोच्चका नजिर, पितृत्व ठेगान नलागेर आमाबाट नागरिकता पाएका केही उदाहरणसहितका प्रमाण लिएर श्रीपाली जिल्ला प्रशासन कार्यालय पुगेर बहस थाले । प्रशासनलाई सजिलै आमाको नामबाट नागरिकता प्रदान गर्ने बिषयमा सहमत गराउँन कम चुनौति थिएन।

अन्तिममा प्रशासन नागरिकता दिन सहमत भएपछि थप केहि प्रक्रिया पुरा गरेर राम र लक्ष्मणलाई नागरिकता दिलाउन सफल भएको श्रीपालीले बताए ।

आमाको नामबाट नागरिकता नपाएर समस्यामा परेका जिल्लामा थुप्रै छन् । संविधानमा आमाको नामबाट नागरिकता पाउने व्यावस्था भएपनि जिल्ला प्रशासनले अनेक कारण देखाएर फिर्ता गर्ने गरेको नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेयले गुनासो गरे ।

आमाको नामबाट नागरिकता नपाएर बर्षौ दुख पाएका व्यक्तिका समस्या लिएर प्रशासन पुग्ने नेता, नागरिक समाज र मानव अधिकारकर्मीहरु थुप्रै पटक निराश भएर फर्किने गरेको पाण्डेयले बताए ।

‘दुई बर्ष नागरिकता नपाएर भण्डारी परिवार समस्या परे, सोहि काम अहिले बन्यो,’पाण्डेयले भने,‘मुड अनुसार हुने कामले नागरिकले सास्ती खेपेका छन् ।’

उनले अहिलेसम्म नागरिकताको लागि प्रयत्न गर्ने कांग्रेस समापति भुवन श्रेष्ट, वडाध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेय, गणेश श्रीपाली, रामप्रसाद पन्त, प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालयको टोलीलाई धन्यवाद दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय