गुल्मी जिल्लाका केहि स्थानीय तहहरुमा निजी प्रहरी नियुक्ति

तिलाचन पाण्डे,गुल्मी

गुल्मी जिल्लाका चार स्थानीय तहहरुले निजी प्रहरी नियुक्ति गरेका छन् ।जिल्लाको रेसुंगा नगरपालिकाले सात जना , धुर्कोट गाउँपालिकाले पाँच जना ,इश्मा गाउँपालिकाले पाँच जना र मालिका गाउँपालिकाले छ जना नगर मातहतमा रहनेगरी नियुक्ति गरेका छन् ।

स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार सेवा सर्त र सुबिधाको लागि नगरसभाबाट कार्यबिधि पारित गरी नगरप्रहरी छनोट गरिएको रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए । जस अनुसार एक जना हबलदारलाई १५ हजार र ६ जना जवानहरुलाई १३ हजारका दरले पारिश्रमिक दिने गरेको बताए । त्यो संगै मासिक तीन हजार खाजा खर्च र बार्षिक रुपमा पोशाक उपलब्ध गराउने बताए ।

उनीहरुलाई स्थानीय बजार अनुगमन , गाउँपालिका र नगरपालिकाको सुरक्षा बजार अनुगमन , आन्तरिक राजश्व उठाउने लगायतका कामको जिम्मेवारी दिइएको मालिका गाउँपालिका वडा नं ६ अर्जेका वडा अध्यक्ष एवं गाउँपालिकाका प्रबक्ता शोभाखर गिरीले जानकारी दिए।

बिपदको बेला पनि नेपाल प्रहरीहरुसंग समन्वय गरी उद्धारका कार्य संगै स्थानीय शान्ती सुरक्षा कायम गर्नका लागि उनीहरुको ठुलो भूमिका रहने धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बताए ।
जिल्लाको मुसिकोट नगरपालिकाले पनि नगर प्रहरी नियुक्ति गर्ने प्रक्रियामा रहेको नगर प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय