अपडेटः भुकम्पमा अहिलेसम्म १२८ जनाको मृत्यु

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ। प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारीअनुसार भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको हो।

यस्तै अहिलेसम्म प्राप्त विवरणअनुसार भूकम्पमा परी घाइते हुनेको संख्या १४० पुगेको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ।

प्रधानमन्त्रीको कार्यालयका अनुसार भूकम्पका कारण जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ जना घाइते भएका हुन्। क्षतिको विवरण संकलन जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय