गुल्मीमा १५ वर्षीया किशोरीको नग्न अवस्थामा शव फेला

गुल्मी । गुल्मीमा १५ वर्षीय किशोरीको शव नग्न अवस्थामा फेला परेको छ । गुल्मीको चन्द्रकाेट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरकी १५ वर्षीया किशोरीको शव स्थानीय हुग्दी खाेलामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले घटनास्थलमा प्रहरी निरिक्षककाे नेतृत्वमा टाेली गएको बताए । उनले घटना बारे थप जानकारी आएपछि विवरण उपलब्ध गराउने बताएका छन् ।

किशोरीकाे हत्या भएको आशंका गरिएको छ । उनी बिहिवार दिउँसो आफ्नै खेतमा काम गरिरहेका बेला बजारमा सुर्ती किन्न गएकी थिइन् । उनी नफर्किएपछि खाेजी कार्य सुरु गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय