मुसिकोट । गुल्मी र बागलुङ जिल्लाको सिमानामा पर्ने दरमखोलामा एक पुरुषको शव फेला परेको छ ।
गुल्मीको मुसिकोट नगरपालिका वडा नं ७ – बसेरी र गलकोट नगरपालिका ११ स्थित दरमखोला नदीमा गलकोट नगरपालिका वडा नं ११ रिघाफेँदीका ५२ वर्षीय नर बहादुर कुमालको शव फेला परेको हो ।

उनको शव खोलामा घोप्टो परेको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक नरबहादुर मंगलबार बेलुकी देखि घरबाट हिँडेको परिवारले बताएका छन् ।
अहिले प्रहरीले घटनास्थलबाट शवको मुचुल्का गरी पोष्टमार्टमका लागि हरिचौर लगेको छ । उक्त स्थानमा स्थानीयहरु खोला तरेर वारपार गर्ने गरेका छन् ।