डाँसीकोटमा  एकजुट बनेका स्थानीयले धार्मिक महोत्सव सफल र ऐतिहासिक बनाए

सागर भण्डारी – मुसिकोट नगरपालिका वडा नं (९) स्थित खड्कभूमी कालिका मन्दिर यस क्षेत्रका स्थानीयहरुको प्रमुख धार्मिक आस्थाको धरोहर हो । स-साना समस्या पर्दा पनि उनीहरुले पहिले सम्झिने र पुकार्ने खड्कभूमी कालिका मन्दिर प्रतिको आस्थालाई टिकाईराख्न यतिबेला डाँसिकोटेहरु जुटेका छन् ।

झण्डै २ सय वर्ष पहिला निर्माण गरिएको मन्दिरको भवन जिणर् भएपश्चात उनीहरुले सहयोग संकलन गरी अहिल ३ तले मन्दिर निर्माण गरेका छन् । समुदायकै सहयोग र लगानीमा निर्मित उक्त मन्दिरको निर्माणसंगै उद्घाटन र सोही अवसर पारेर धार्मिक, सांस्कृतिक पुर्नमिलन एवम् देवि लिला महोत्सव सम्पन्न भएको छ ।

देश विदेशमा रहेका र गाउँमै रहेका स्थानीयहरुले तन, मन र धन सबैले सक्दो सहयोग गरेर मन्दिर मात्रै निर्माण गरेनन् भव्य धार्मिक महोत्सव समेत सम्पन्न गरे । “हामीलाई केही समस्या परे खड्कभूमी कालिकालाई भाकल गरेमा पुरा हुन्छ, त्यसैले यसको महत्व ठुलो छ हाम्रो धार्मिक आस्थालाई जोगाईराख्न सुरु गरेको अभियान सफल भयो महोत्सवका परिकल्पनाकार एवम् संयोजक रामकृष्ण कंडेलले भन्नुभयो ।“

उक्त कार्यक्रम सफल बनाउन ३८र३९ सालदेखि बसाईसराई गरेर गएका डाँसिकोटेहरु गाउँ फर्किए । परदेशमा रहेकाहरु फर्किए । खड्कभूमी कालिकाको महिमालाई बढाउन आफ्नो पुर्खाको आस्था जोगाउन डाँसिकोटेहरु घर फर्किए । कार्यक्रमकै लागि जापानबाट आउनुभएका एनआरएनए जापानका महासचिव टिकाराम खरेलले मन्दिर निर्माण देखि महोत्सवसम्म देश विदेशबाट आफु लगायत थुपै्र दाताहरुले सहयोग गरेको बताउनुभयो । परदेशमा रहेर घरदेशका आस्थाहरुलाई बचाउन र मन्दिरको ईतिहासलाई जोगाउन आफु आएको उहाँको भनाई छ ।

घटस्थापना देखि सप्तमीसम्म सप्ताहव्यापी रुपमा चलेको महोत्सवमा धेरैले दिल फुकाएर सहयोग समेत गरे । महोत्सवमा भजन भागवत तथा कथावाचक भजन शिरोमणी पण्डित चेतराज कंडेलज्यूले झाकीमय कथा प्रवचन प्रस्तुत गर्नुभएको थियो । महोत्वसवमा दैनिक नृत्य पूजा, पाठपारायण एवम विविध अनुष्ठान, राष्ट्रीय ख्यातीप्राप्त कलाकारद्वारा भजनकीर्तन, सङ्गित तथा झाकिमय दिव्य देविकथा लगायतका कार्यक्रमहरु दैनिक रुपमा सञ्चालन भएका थिए ।

महोत्सवबाट झण्डै ५० लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग संकलन भएको सचिव नरेशराज खरेलले जानकारी दिनुभयो । उक्त मन्दिर परिसरमा विवाह, पुजापाठ गर्न मिल्ने तथा ध्यान गर्ने आवास गृह सहित बगैचाहरु बनाउन आफुहरुको अबको योजना रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय