डॅासिकोटमा आयोजित महोत्सवको उदघाटन कार्यक्रम ऐतिहॅासिक बनेको स्थानीयको भनाइ

मुसिकोट गुल्मी- गुल्मीको मुसिकोट नगरपालिका वडा नं ९ डाँसिकोट स्थित खड्कभूमी कालिका मन्दिरको नवनिर्मित भवन उद्घाटन तथा धार्मिक, सांस्कृतिक पुर्नमिलन एवम् देवि लिला महोत्सवको उदघाटन कार्यक्रम ऐतिहॅासिक बनेको सहभागिहरूले बताएका छन।

यस महोत्सबमा सबै क्षेत्र बाट सहभागिता रहेको छ।सयौं महिलाहरू हातमा कलश र जल लिएर नौमती बाजा,भजन कृतन सहित डॅासिकोट स्थित मन्दिर परिसरमा पुग्दाको दृष्य सॅाच्चिकै ऐतिहॅासिक रहेको थियो।

महोत्सब आयोजक समितिले मन्दिरको पुरानो भवनमा राखेका देबि देवताहरू लाई बिशेष पुजाआजा कार्यक्रमका साथ नबनिर्मित मन्दिर भवनमा पदस्थापन गरिएको अध्यक्ष रामकृष्ण कंडेलले बताऊनुभयो। अध्यक्ष कंडेलका अनुसार पहिलो दिनको कार्यक्रम सान्दार ढंगबाट सम्पन्न भएको र फुलपाती सम्म आयोजित महोत्सब कार्यक्रममा हजारौं दर्शनार्थीहरूको सहभागिता रहने छ।


कार्यक्रम सफल बनाऊन देश बिदेश बाट ठुलो सहयोग आएकोले आफुहरू उत्साहित रहेको अध्यक्ष कंडेलको भनाई छ। अध्यक्ष कंडेलले डॅासिकोटमा आयोजित महोत्सबको पहिलोदिनमा उपस्थित सबै दर्शनार्थीहरू प्रती आभार तथा धन्यबाद ब्यक्त गर्नुभएको छ।

धार्मीक महोत्सबमा भजन शिरोमणी पं चेतराज कंडेल प्रमुख कथाबाचक,सालिमे आस्रमका संचालक भानु गुरू गणेशको रूपमा उपस्थित रहनुभएको छ।राष्ट्रिय स्तरका भजन गायकहरूले महोत्सबको थप रौनकता बढेको छ।

कार्यक्रममा मुसिकोट नगरप्रमुख जिवन खरेल,नारायण सापकोटा,हरिनारायण सापकोटा,माधब प्रसाद खरेल,वामी प्रहरी चौकी प्रमुख लक्ष्मण बि क लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो।

यज्ञबाट आध्यात्मिक र धार्मिक जागरण समेत गराउने उद्धेश्य महोत्सवको रहेको महोत्सव अवधिभर भजन भागवत तथा कथावाचक भजन शिरोमणी पण्डित चेतराज कंडेलज्यूबाट झाकीमय कथा प्रवचन, नित्य पूजा, पाठपारायण एवम विविध अनुष्ठान राष्ट्रीय ख्यातीप्राप्त कलाकारद्वारा भजनकीर्तन, सङ्गित तथा झाकिमय दिव्य देविकथा सहित दाता सम्मान कार्यक्रम सञ्चालन हुनेछन।

महोत्सब आयोजक मुल समारोह समितिका अध्यक्ष रामकृष्ण कंडेलको अध्यक्षता,सचिब नरेशराज खरेलको स्वागत मन्तब्य तथा समन्वय समितिका संयोजक टिकाराम खरेलको संचालनमा पहिलो दिनको कार्यक्रम सम्पन्न भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय