मुसिकोट दुईमा दोस्रो वडा अध्यक्ष कप भलिबल तथा खुल्ला रेकर्ड डान्स प्रतियोगिता हुँदै

मुसिकोट । मुसिकोट दुईमा दोस्रो वडा अध्यक्ष कप भलिबल तथा खुल्ला रेकर्ड डान्स प्रतियोगिता हुने भएको छ ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर दुईको आयोजनामा कार्तिक १,२ र ३ गते दोस्रो वडा अध्यक्ष कप भलिबल तथा खुल्ला रेकर्ड डान्स प्रतियोगिता हुन लागेको हो ।

वडाले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेल भन्ने मूल नारा सहित हिन्दु नेपालीहरूको महान पर्व विजया दशमीको अवसरमा वडा स्तरीय दोस्रो वडाध्यक्ष कप तथा खुल्ला रेकड डान्स प्रतियोगिताको आयोजना गरेको मुसिकोट वडा नँ २ का वडाध्यक्ष रबिन्द्र के.सीले जानकारी दिनुभयो ।

भलिबल तर्फ प्रथम पुरस्कार रु पच्चिस हजार कप मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार नगद रु पन्ध्र हजार कप मेडल र प्रमाण पत्र र उत्कृष्ट खेलाडी पुरस्कार नगद रु तिन हजार रहेको छ ।

त्यसै गरी रेकर्ड डान्स तर्फ प्रथम पुरस्कार नगद रु छ हजार र प्रमाण पत्र, द्वितीय पुरस्कार चार हजार र प्रमाण पत्र र तृतीय पुरस्कार नगद रु दुई हजार र प्रमाण पत्र रहेको अध्यक्ष के.सीले बताए ।

भलिबल खेल प्रचलित नियम अनुसार टि.टि सिस्टममा खेलाईने छ , टिममा अफिसियल सहित नौ जना हुनुपर्ने छ, टिममा उपस्थित हुँदा आफ्नो वाडा भित्रको हुनुपर्ने छ , खेलाडीले आफ्नो वडाको परिचय खुल्ने परिचय पत्र साथमा ल्याउनुपर्ने छ , खेलमा कुनै बिवाद आएमा आयोजकको निर्णय मान्य हुनेछ, खेलाडीले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्ने छ, खेलाडीले आफ्नो टिम दर्ता असोज ३० गते दिउसो ४ बजे भित्र गर्नुपर्ने छ ।

त्यस्तै रेकर्ड डान्स तर्फ सहभागीले गीतको व्यवस्था आफैले गर्नुपर्ने छ , प्रस्तुति ५ मिनट भित्र सक्नु पर्नेछ , मौलिक संस्कृति झल्किने प्रस्तुति हुनुपर्नेछ, कार्यक्रममा कुनै बिवाद आएमा आयोजकको निर्णय मान्य हुनेछ, प्रतियोगीले कार्तिक ३ गते बिहान १० बजेसम्म नाम दर्ता गरी सक्नुपर्नेछ ।

कार्यक्रम मुसिकोट नगरपालिका वडा नम्बर दुई देउरालीमा कार्तिक १,२ र ३ गते बिहान नौ बजे देखी सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय