बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु

गलकोट । बागलुङको गलकोट नगरपालिका वडा नम्वर ३ हटियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

गलकोट नगरपालिका वडा नम्वर ३ हटिया लोकतन्त्र चोकमा रहेको गलकोट ग्रिल उद्योगमा कार्यरत एक पुरुषको मृत्यु भएको हो । मृत्युहुनेमा सुर्खेत गुरुवाकोट नगरपालिका वडा नम्वर ६ हाल हटियाको लोकतन्त्र चोकको गलकोट ग्रिल उद्योगमा कार्यरत ४४ वर्षिय प्रेमबहादुर कामीको मृत्यु भएको हो ।

आज मध्यान्न १२ बजेको समयमा काम गर्ने क्रममा कामीलाई करेन्ट लागेको थियो । कामीको ईमर्जेन्सी पोलिक्लिनिकमा उपचारकोक्रममा दिउँसो करिव साढे १ बजेको समयमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । कामीको शवलाई अहिलेपोष्टमार्टमको लागि गलकोट नगर अस्पतालमा लगिएको छ ।

कामी विगत ६ वर्षदेखि गलकोट ग्रिल उद्योगमा कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय