इजरायलमा रहेकि गुल्मेली विद्यार्थी मनिषालाई मेयर पन्थीको फोन

गुल्मी : हमास समुहले गएको शनिबार इजरायलमा गरेको आक्रमणमा परि नेपाली १० जना बिद्यार्थीको मृत्युु भयो भने धेरै बिद्यार्थी घाइते भए ।

कयौं बिद्यार्थीले बंकरमा २४ घण्टा भन्दा बढि समय बसे । सुदुरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर २ कि मनिषा खनालले पनि अध्ययन गर्ने गरेको र उनी पनि इजरायल पुगेको जानकारी मेयर खिलध्वज पन्थीले पाउनासाथ उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन टेलिफोन सम्पर्क गरेका छन् ।

मनिषाले पनि आफूको हिँजो ईजरायली सेनाले उद्धार गरि फार्मबाट सुरक्षित स्थानमा लगेको बताएकी थिईन् । नानि सन्चै छौं म मेयर खिलध्वज पन्थी भन्दा मनिषाले रुदै नेपाल ल्याउन आग्रह गरिन् । मेयर पन्थीले छिट्टै नेपाल ल्याउन सरकार लागेको र आफुले पनि दबाब दिने बताए । मनिषा संगै उनी संग रहेका ३२ जना बिद्यार्थीले मेयर पन्थीलाई छिट्टै नेपाल ल्याउन आग्रह गरेको मेयर खिलध्वज पन्थीले बताए ।

मेयर पन्थीले सामाजिक सञ्जाल फेसबुक मार्फत मनिषाको स्वास्थ्य अवस्था र उनको आत्माबल बढाउन गरेको फोनले सामाजिक सञ्जालमा अभिभावकको भुमिका निर्वाह गरेको भन्दै उनलाई धन्यवाद व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय