आज यी स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशको मौसममा सुधार आएको छ ।

केहिदिन देखि ठुलो पानी परेको छैन तर कोशी प्रदेशका एक दुई स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको मौसम सामान्यतया सफा रहने छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति कोशी प्रदेशका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय