मुसिकोट युवाक्लवद्वारा मुसिकोटका सिमानाहरुमा सिमा सुचक बोर्डहरु राखियो

विष्णु प्रसाद आचार्य (चकित) मुसिकोट, गुल्मी – मुसिकोट युवाक्लवद्वारा मुसिकोट नगरपालिकाका सिमानाकाहरुमा सिमा सुचक बोर्डहरु राखिएको छ ।

अन्य जिल्ला, प्रदेश वा स्थानिय तहबाट मुसिकोट नगरपालिकाभित्र प्रवेश गर्ने सिमानाहरुमा सिमा सुचक बोर्डहरु कतै भएको , कतै नभएको अवस्थामा मुसिकोट युवा क्लवको सकृयता र विभिन्न दाताहरुको सहयोगमा बोर्डहरु राखिएको क्लवका अध्यक्ष वसन्त अधिकारीले बताउनुभयो ।

क्लवले मुसिकोट नगरपालिका र चन्द्रकोट गाउपालिकाको सिमाना पर्ने मुसिकोट नगरपालिका ५ आपचौरको तल्लाफाट, इस्मा गाउपालिका र मुसिकोट नगरपालिकाको सिमाना पर्ने मुसिकोट नगरपालिका ३ वडागाउमा बोर्ड राखिएको क्लवका वरिष्ठ उपाध्यक्ष खिमलाल पाण्डे९ अनुप० ले जानकारी दिनुभयो ।

क्लवले लुम्बिनी प्रदेश गुल्मी जिल्ला मुसिकोट नगरपालिका र गण्डकि प्रदेश बाग्लुङ्ग जिल्ला बडिगाड गाउपालिका सिमाना छुट्याउने मुसिकोट २ मुसिकोटको राक्से र मुसिकोट ७ वामीटक्सार हाडिखोलामा पनि सुचक बोर्ड राखिएको क्लवका सदस्य कमल बरालले बताउनुभयो ।

अब केहि समयमै मुसिकोट नगरपालिका र मालिका गाउपालिकाको सिमाना छुट्याउने मुसिकोट १ पौदीअ्मराइ थाममा र लुम्बिनी प्रदेश , गुल्मी जिल्ला, मुसिकोट नगरपालिका र गण्डकि प्रदेश बाग्लुङ्गको गल्कोट नगरपालिका छुट्याउने सिमाना अर्लाङ्गकोटको लामाखेतमा सुचक बोर्ड राखिने क्लवले बताएको छ ।

सिमा सुचक बोर्डले यात्रुहरुलाइ यात्राको बारेमा जानकारी पाउनको लागि र जानकारी लिन खोज्ने जोसुकैको लागि सजिलो होस भन्ने उध्येश्यले बोर्ड राखेको बताइएको छ ।

गत शनिबार र आइतबार गरि ४ वटा सिमानाकाहरुमा बोर्ड राखिएको र बाकि २ ठाउमा छिट्टै राख्ने क्लवले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय