गुल्मीको डॅासिकोटमा आयोजित महोत्सब ऐतिहॅासिक हुने संयोजक कंडेलको दावी

विष्णुप्रसाद आचार्य, (चकित) मुसिकोट गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ९ डासिकोट स्थित श्री खड्गभूमि कालिका मन्दिरको भवन उद्घाटन तथा धार्मिक,सास्कृतिक तथा पुनर्मिलन महोत्सव हुने भएको छ ।

उक्त महोत्सब यस क्षेत्रमै ऐतिहॅासिक हुने संयोजक रामकृष्ण कंडेलको दावी छ।

पुरानो परम्परागत शैलिको सामान्य भवनको रुपमा अवस्थित मन्दिरको हाल प्रशस्त भक्तालुजनको उपस्थितिमा सहज तरिकाले पुजाआजा गर्न मिल्नेगरि नया भवन निर्माणको कार्य सम्पन्न भएको र रङ्गरोगन समेत गरिसकिएकोले आगामी असोज २८ गते घटस्थापनाको दिनको अवसरमा मन्दिर उद्घाटन तथा देवता सार्ने कार्यक्रम राखिएको छ।

पहिलो दिन कलश यात्रा पनि गरिने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण कंडेलले जानकारी दिनुभयो ।

अहिले महोत्सवको तयारी र प्रचारप्रसार लाई तीब्र पारिएको छ । महोत्सव सफल पार्न देश तथा विदेशमा रहेका धर्मानुरागिले यथासक्य सहयोग गर्दै आएका छन ।

महोत्सवको मिति नजिकिदै गर्दा कार्यक्रमको समयतालिका समेत निर्माण भएको छ । असोज २८ गते नवनिर्मित मन्दिरमा देवता सार्ने र मन्दिरको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

साथै प्रत्येक दिन कार्तिक ४ गतेसम्म झाकीमय कथा प्रवचन हुने र कार्तिक ४ गते फुलपाती भित्र्याउने कार्यक्रम तय भएको छ ।

त्यस्तै दैनिक कार्यक्रम अन्तरगत बिहान ७ बजेदेखि ८ बजेसम्म नित्य पूजा, ८ बजेदेखि ८.३० बजेसम्म जलपान, ८.३० बजेदेखि १२ बजेसम्म पाठपारायण एवम विविध अनुष्ठान , १२ बजेदेखि १ बजेसम्म राष्ट्रीय ख्यातीप्राप्त कलाकारद्वारा भजनकीर्तन, दिउसो १ बजेदेखि ४ बजेसम्म सङ्गित तथा झाकिमय दिव्य देविकथा एवम दाता सम्मान, ४ बजेदेखि पूजा आरती सुरु र साझको ८ बजेदेखि भजनकिर्तन सुरु गरिने समितिले बताएको छ ।

कार्यक्रम सफल पार्नको लागि रामकृष्ण कंडेलको संयोजकत्वमा मुल समारोह समिति निर्माण गरिएको छ।

संयोजक कंडेलका अनुसार जापानमा कार्यरत टिकाराम खरेलको संयोजकत्वमा अन्तराष्ट्रिय समन्वय उपसमिति गठन गरिएको छ।उक्त उपसमितिको सहसंयोजकमा बिष्णु खरेल(खिम खरेल),छबी खरेल रहनुभएको छ।

यसैगरी बिष्णु प्रसाद आचार्यलाई मिडिया ब्यबस्थापन प्रमुखको जिम्मेवारी तोकिएको छ।

बुध्दिमणी खरेल संयोजक र कृष्ण प्रसाद खरेल (सुमन)सहसंयोजक रहनेगरी जनसम्पर्क बिभाग,गोबिन्द बि.सी संयोजक र सुवास सुनार सहसंयोजक रहनेगरी सॅास्कृतिक बिभाग,प्रकाश खरेलको संयोजकत्वमा प्रचारप्रसार बिभाग गठन गरिएको र आवश्यक अन्य बिभागहरू १,२ दिन भित्रमै गठन गरिने मुलसमारोह समिति संयोजक कंडेलले जानकारी दिनुभयो।

तुल्सी खरेलको संयोजकत्वमा नारी शक्ति परिचालन बिभाग गठन गरिएको छ। उप समिति निर्माण गरेर काम अगाडि बढाइएको र कार्यक्रमलाई यस क्षेत्रको नमुना कार्यक्रम बनाऊनको लागि आयोजकले निकै मिहिनेत गरिरहेको देखिन्छ।

हालसम्म गेट निर्माण,हवन कुन्ड निर्माण,दुनाटपरी निर्माण,पत्राचार र सहयोग संकलन कार्य अगाडि बढाईएको संयोजक कंडेलले बताऊनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय