तुफान परिकल्पना युवा क्लव मुसिकोटद्वारा खुल्ला तीजगित प्रतियोगिता सन्चालन हुदै

तुफान परिकल्पना युवा क्लव मुसिकोट २ मुसिकोट देउरालीद्वारा खुल्ला तीजगित प्रतियोगिताको आयोजना गरिएको छ ।

आफ्नो स्थापनाकालदेखि नै हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पन्चमीको भोलिपल्ट सन्चालन गर्दै आइहरेको खुल्ला तीजगित प्रतियोगिता यस वर्ष पनि आयोजना गरिएको क्लवका अध्यक्ष महेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

यस वर्ष कार्यक्रम आउदो असोज ४ गतेको लागि आयोजना गरिएको छ । कार्यक्रमको व्यवस्थापनमा क्लवमा आवद्द व्याक्तित्वहरु जुटिरहेको बताइएको छ ।मुसिकोट नगरपालिका २ मुसिकोट देउरालीमा आयोजना गरिएको तीजगित प्रतियोगितामा प्रथम हुनेलाइ नगद १० हजार र प्रमाणपत्रको व्यवस्था, द्वितिय हुनेलाइ ७ हजार र प्रमाणपत्र त्यस्तै गरि तृतीय हुनेलाइ ५ हजार र प्रमाणपत्रको व्यवस्था रहेको क्लवका सचिव रोशन सिह ठकुरीले बताउनुभयो ।

हराउदै र विकृत हुदै गएको सस्कृतिको जगेर्ना गर्ने समेत उद्धेश्यका साथ आयोजना गरिएको कार्यक्रममा समुह समुहहरुले परम्परागत रुपमा चल्दै आएको शैलीलाइ अनुसरण गर्नुपर्ने र कोहि कसैमाथि आक्षेप नलगाएर विसुद्द तीज झल्कने खालको प्रस्तुती प्रस्तुत गर्नको लागि क्लवले प्रतिस्पर्धा मा सहभागि हुन आउने समुहलाइ अनुरोध समेत गरेको छ ।

 

विक्रम सम्वत २०६४ सालमा स्थापना भएको सो क्लवले अन्य सामाजिक, सास्कृतिक, खेलकुदका क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।मुसिकोटवासीहरुले देउरालीमा उक्त कार्यक्रम अवलोकन गरेपछि मात्र तीजको झल्को मेटिने प्रतिकृया दिने गरेका छन ।

तुफान परिकलना युवा क्लवले आयोजना गरेको कार्यक्रम सफल बनाउन मुसिकोट युवा क्लवले पनि यथासक्य भूमिका खेल्ने जनाएको छ । साथै अन्य सङ्घ सस्थाहरु, विभिन्न सामाजिक, वौद्दिक व्याक्तित्वहरुले पनि कार्यक्रम सफल बनाउन यथासक्य सहयोग गरेका छन ।साथै कार्यक्रममा राष्ट्रीय रुपमा पहिचान बनाउन सफल कलाकार खुम खत्रीको समेत उपस्थिति रहने भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय