शिक्षक महासङ्घ मुसिकोटद्वारा आन्दोलनमा सहभागि हुन सबै शिक्षकलाइ अनुरोध

शिक्षक महासङ्घ मुसिकोटले असोज ३ गतेदेखि काठमान्डौमा हुने शिक्षक आन्दोलनमा सहभागि हुन मुसिकोट नगरपालिकाभित्रका सबै शिक्षक तथा कर्मचारीहरुलाइ अनुरोध गरेको छ ।

सोमबार महेन्द्र आदर्श नमुना माविमा बसेको महासङ्घ र आवद्द घटकहरुको सम्युक्त बैठकले अनुरोध गरेको अध्यक्ष देवीराम शर्माले जानकारी दिनुभयो । हालै सम्सदमा पेस भएको नया शिक्षा ऐनको विरुद्दमा शिक्षक महासङ्घ केन्द्रीय समितिले आह्वान गरेको आन्दोलनलाइ निष्कर्षमा पुराउन भन्दै ३ गतेदेखि अर्को सुचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरि आन्दोलनका कार्यक्रममा सहभागि हुन महासङ्घ मुसिकोटले आग्रह गरेको हो ।

बैठकले अध्यक्ष देवीराम शर्माको सम्योजकत्वमा नगरस्तरीय आन्दोलन परिचालन समिति समेत गठन गरेको छ । जसमा महासङ्घका आवद्द घटकका अध्यक्षहरु उपसम्योजक र अन्य शिक्षक तथा कर्मचारीहरु सदस्य रहेका छन ।

यो आन्दोलन सबै वर्गका शिक्षकको भएकोले असोज ३ गतेदेखि सुरु हुने आन्दोलनमा सहभागि हुन सबैलाइ आग्रह गरिएको महासङ्घ उपाध्यक्ष बोम बहादुर छन्तेलले जानकारी दिनुभयो ।

महसङ्घले खर्च व्यवस्थापनको लागि प्रत्येक शिक्षकको एक दिन बराबरको पारीश्रमिक सम्बन्धित विद्यालयको प्रधानाध्यापक मार्फत महासङ्घमा उपलब्ध गराउन भनेको छ ।

महासङ्घले काठमान्डौ जानको लागि २ गते मङ्गलाबारसम्म नाम टिपाएर सहजिकरण गर्न र गन्तव्यतर्फ प्रस्थान हुन आग्रह गरेको सचिव बुद्दिमणि खरेलले बताउनुभयो । साथै विद्यालय बन्द गर्न सबै प्रधानाध्यापक लाइ आग्रह गरिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय