मुसिकोट युवा क्लवको आयोजनामा मुसिकोट ३ बडागाउमा खुल्ला तीजगित प्रतियोगिता सम्पन्न

मुसिकोट – मुसिकोट युवा क्लवको आयोजनामा मुसिकोट ३ बडागाउमा खुल्ला तीजगित प्रतियोगिता सम्पन्न भएको छ। मंगलबार आयोजित कार्यक्रममा जामा ९ समूह प्रतिस्पर्धामा सहभागी भएका थिए।

जसमा प्रथम मुसिकोट युवा क्लब मुसिकोट १ बाङे भएको छ, द्दितिय आपचौर भलिवल क्लब, मुनपा ५ भएको छ, तृतिय मुसिकोट युवा क्लब मुसिकोट ४ बडागाउ भएको छ त्यस्तै सान्त्वना मुसिकोट युवा क्लब मुसिकोट २ भएको छ।

प्रथम भएको समुहले ७ हजार र प्रमाण पत्र,द्वितीय भएको समुहले ५ हजार र प्रमाणपत्र,त्यस्तै तृतीय भएको समुहले ३ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् साथै कार्यक्रममा सहभागी सबै टिमलाइ प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा अध्यक्षता मुसिकोट युवा क्लब समन्वय समिती ३ का अध्यक्ष ज्ञानहरी घिमिरेको रहेको थियो ,प्रमुख अतिथी: जिल्ला समन्वय समिती सदस्य साबित्रा भन्डारी त्यस्तै विशिष्ट अतिथि वडा न ३ वडा अध्यक्ष शकरबहादुर रायमाझि रहनुभएको थियो।

प्रमुख अतिथिको रुपमा बोल्दै भण्डारीले क्लवले आफ्नो स्थापनाको छोटो समयमै अनुकरणीय कामहरु गरेको भन्दै प्रशंशा समेत गर्नुहुदै हरितालिका तीज हिन्दु नारीहरुको ठुलो पर्व रहेको र यसमा आफ्ना पीर व्यथा पोख्ने दिनको रुपमा लिने गरेको इतिहास उहाले सुनाउनुभएको थियो। आउदै गरेको तीजको अवसरमा उहाले सबैलाई शुभकामना समेत दिनुभएको थियो।

कार्यक्रममा स्वागत मन्तब्य संगै क्लबको गतिविधि प्रस्तुत मुसिकोट युवा क्लबका अध्यक्ष वसन्त अधिकारीले गर्नुभएको थियो भने संचालन मुसिकोट युवा क्लबका आजिवन सदस्य असोक सोमैले गर्नुभएको थियो।

त्यस्तै आउदो भाद्र ३१ गते क्लवले मुसिकोट ८ वामीमैदानामा खुल्ला रेकर्ड तीजगीत तथा नृत्य आयोजना गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय