अमृतपुर आलु तथा अलैंची उत्पादक कृषक समुहको बार्षिक समिक्षा तथा दर खाने कार्यक्रम सम्पन्न

मुसिकोट- मुसिकोट नगरपालिका वडा न ०७ वामीटक्सार दरबार रिर्सोट पार्टी प्यालेसमा अमृतपुर आलु तथा अलैंची उत्पादक कृषक समुहको बार्षिक समिक्षा तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

लक्ष्मी नारायण महिला कृषि सहकारि संस्थाद्धारा सञ्चालीत अमृतपुर आलु तथा अलैंची उत्पादक कृषक समुह सस्थाकी अध्यक्ष यमुना घिमिरेले नजिकिदै गरेको हिन्दु महिलाहरुको महान पर्व मानिने हरितालिका तिजको अवसरमा दर खाने कार्यक्रम र कृषक समुहको वार्षिक समिक्षामा आयोजित कार्यक्रमले प्रोत्साहन,सम्मान र हौसला मिल्ने बताउनुभयो ।

उक्त कार्यक्रममा संस्थाकि व्यवस्थापक कृष्ण गुरुङ ९थापा० ले आलु खेतीको वार्षिक समीक्षाको बारेमा बताउनुभएको थियो । कृषकहरुले आलु खेती १०० रोपनी जग्गामा गर्दै आएका छन् । कृषकहरुले आलु खेती , मकै खेती र मौरी पालन गर्दै आएका छन् । यस पटकको आलु खेति १४ वर्षे बेमौसमी खेती भएको समुहले जनाएको छ ।

आलु फागुन महिना देखि जेष्ठ महिना सम्म उत्पादन गरि वामी टक्सार , बुटवल, तम्घास र गल्कोट ९हटिया ० सम्म बिक्री गर्ने गरेको र ६५ क्विनटल आलुको बिउ रोपी ४१० क्विनटल सम्म आलु उत्पादन हुने गरेको गरुङले बताउनुभयो ।

उक्त लक्ष्मी नारायण महिला कृषि सहकारि संस्थामा ५५० जना सदस्यहरु छन् भने अमृतपुर आलु तथा अलैंची उत्पादक कृषक समुह सस्थामा २५ जनाले कृषी कर्म गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय