मुसिकोट युवा क्लबको आयोजनामा खुल्ला तिजगित प्रतियोगिता हुदैं

करिष्मा अर्याल,मुसिकोट गुल्मी-मुसिकोट नगरपालिका वडा नं. ३ देविस्थान नाच्ने डाडाँ मा मङ्गलबार अर्थात भोलि महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारि खुल्ला तिजगित प्रतियोगिता आयोजना गरिएको छ ।

कला र संस्कृतिको जर्गेना गर्दै मुसिकोट युवा क्लबले खुल्ला तिज गित प्रतियागिता आयोजना गरेको क्लवका वरिष्ठ उपाध्यक्ष अनुप पाण्डे ( खिमलाल) ले जानकारी दिनुभयो ।

युवा क्लबका अध्यक्ष बसन्त अधिकारीले कला संस्कृति भेषभुषा र रितिरिवाजको संरक्षण एवं सम्बर्धन गर्ने उद्येश्यका साथ आयोजना गरेको बताउनुभएको छ । खुल्ला तिजगित प्रतियोगिताले आपसी सद्धभाव कायम गर्न सहयोग पुग्ने विश्वास पनि उहाले व्यक्त गर्नुभयो ।

तिजगित प्रतियोगितामा प्रथम हुने टिमलाई सात हजार र प्रमाण पत्र , द्वितीय हुने टिमलाई पाँच हजार र प्रमाण पत्र , तृतिय हुने टिमलाई तिन हजार र प्रमाण पत्र र सान्त्वना हुने टिमलाई पन्ध्र सय र प्रमाण पत्र पृरस्कृत गरिने क्लवका महासचिव विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो ।

त्यस्तै क्लवले भाद्र ३१ गते मुसिकोट ८ वामीमैदानामा खुल्ला रेकर्ड तीजगीत तथा नृत्य प्रतियोगिता समेत आयोजना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय