करिष्मा अर्याल , मुसिकोट गुल्मी-गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ७ वामीटक्सार स्थित रुद्रावती बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले शनिबार आफ्नो कार्यालय उद्घाटन गरेको छ ।
गत चैत्रमा सम्पन्न स्ववियुको निर्वाचनबाट निर्वाचित समितिले आफ्ना गतिविधि सन्चालन गर्न सजिलो होस भन्ने उध्येश्यले र हालसम्म स्ववियुको आफ्नो कार्यकक्ष नभएकोले कार्यालय व्यवस्थापन गरि उद्घाटन गरिएको स्ववियु सभापति अनिश पाठकले जानकारी दिनुभयो ।
कार्यालय उद्घाटन कार्यक्रममा स्ववियु उपसभापति सन्देश रायमाझिको स्वागत मन्तव्य रहेको थियो भने सचिव कर्ण बहादुर नेपालीले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै नेपाल विद्यार्थी सङ्घका नेता भुवन काफ्ले, अनेरास्ववियुका नेता विमल छन्तेल, पत्रकार कमल पौडेल, क्याम्पसका सस्थापक स्ववियु सभापति झबिलाल भन्डारी, जग्गादाता विष्णु कुमारी सापकोटा , क्याम्पसका प्राध्यापक हेमन्त घिमिरे, नेकपा माओवादिका राजन सापकोटा, एमालेका नगर सचिव गोपिकृष्ण खरेल, क्याम्पस सन्चालक समिति अध्यक्ष अग्निधर लोहनी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
सोहि कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मुसिकोट नगरपालिकाका प्रवक्ता तथा वडानम्बर ७ का वडाध्यक्ष हरिहर सापकोटाले स्ववियु सबै विद्यार्थीको साझा सङ्गठन भएकोले सबैको अपनत्व हुने गरि काम गर्न अनुरोध गर्दै शैक्षिक क्षेत्रमा समावेश हुने राजनितिकरणलाइ निरुत्साहित गर्नुपर्ने धारणा व्यक्त गर्दै रुद्रावती बहुमुखी क्याम्पसलाइ सफल बनाउन र थप विषय अध्यापनको कामको लागि पहल गरिएको जानकारी दिनुभयो ।
फरक प्रसङ्गमा बोल्दै उहाले नगरपालिकाभित्र भैरहेका विकासका गतिबिधिहरुको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो भने स्ववियु कार्यकक्षको उद्घाटन रिबन काटेर गरिएको थियो ।
सोहि कार्यक्रममा जनप्रतिनिधि, जग्गादाता विष्णुकुमारी सापकोटा, उमा सापकोटा , गौमती सापकोटा र स्ववियु सस्थापक सभापति झबिलाल भण्डारीलाइ सम्मान गरिएको थियो ।
कार्यक्रमको सभापतित्व स्ववियु सभापति अनिश पाठकको रहेको र कार्यक्रमको सहजिकरण स्ववियु सदस्य करिष्मा अर्याल, जीवन दर्लामी , महेन्द्र खत्री र कोषाध्यक्ष अनुराधा सापकोटाले गर्नुभएको थियो ।
कार्यक्रममा राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न सङ्घसस्थाका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, सन्चारकर्मी, शिक्षक, प्राध्यापक , विद्यार्थी नेताहरु, जग्गादाताहरु लगायतको उपस्थिति रहेको थियो ।