बडिगाड पाँचमा वृद्दवृद्दालाइ सम्मान, वडाले बुढा आमाबुबाको मुहारमा खुसी ल्याउने काम गरेको अध्यक्ष थापाको भनाई

बडिगाड । बाग्लुङको बडिगाड गाउँपालिका वडा नं ५ ग्वालिचौरमा विक्रम सम्वत १९९६ साल भन्दा अघिका वृद्दवृद्दालाई सम्मान गरेको छ ।

वडाले शुक्रबार वडामा वडा सदस्य निर्मला घिमिरेको अध्यक्षतामा एक कार्यक्रम आयोजना गरी १९९६ साल भन्दा अघिका वृद्दवृद्दालाइ सम्मान गरेको हो ।

पालिका अध्यक्ष गण्डकी थापा अधिकारि प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भिमसेन वन, बडिगाड गाउपालिका प्रमुख प्रसासकिय अधिकृत चेतनारायण भण्डारी ,पुर्व वडा अध्यक्ष तथा समाज सेवि अर्जुन प्रसाद खरेल, बडिगाड गाउपालिकाका शिक्षा शाखा प्रमुख पुर्ण घर्ति, भानु माध्यमिक बिद्यालयका प्रद्यानाध्यापक केशव खरेल ,खार माध्यमिक बिद्यालयका प्रद्यानाध्यापक यज्ञदत्त घिमिरे , ग्वालीचौर स्वास्थ केन्द्र प्रमुख सुसिला रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पालिका अध्यक्ष गण्डकी थापा अधिकारी व्यस्तता र बाध्यताले सन्तानले समय दिन नसकेको अबस्थामा आमाबुबालाई वडाले सम्मान गरेर बुढा आमाबुबाको मुहारमा खुसि ल्याउने प्रशंसनिय काम गरेको बताउनुभयो ।

वडा सचिव सुमित्रा घर्तिको स्वागत मन्तब्य सङ्गै सुरु भएको उक्त कार्यक्रममा पुर्व वडा अध्यक्ष तथा बडिगाड गाउपालिका शिक्षा समिती सदस्य अर्जुन प्रसाद खरेलले शुभकमना मन्तब्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण वडा अध्यक्ष बिष्णु प्रसाद आचार्यले गर्नुभएको थियो ।

सोही अबसरमा वडा भित्रका बिद्यालयका शिक्षकलाई कम्प्युटर तालीमको उद्घाटन समेत गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय