भाषणले देश नचल्ने स्पस्ट भयो : चन्द्र भण्डारी

नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर चन्द्र भण्डारीले कम्युनिष्टहरुबाट केही आस गर्न नसकिने स्पस्ट भएको बताए । गुल्मीको कालीगण्डकी गाउँपालिकाका बिभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले यस्तो बताएका हुन् ।

जनताले बहुमत दिएर पठाएका कम्युनिष्टहरुले देश चलाउन नसकेको र संसद नै बिघटन गरिदिएकाले कम्युनिष्टहरुलाई बिश्वास गर्ने ठाउँनै नरहेको उनले बताए । अब देशलाई सही बाटोमा लैजान र काँग्रेस मात्रै सक्षम भएको उनले दाबी गरे ।

भाषणबाट मात्र अब केही नहुँने स्पस्ट भएको भन्दै कम्युनिष्टहरुलाई जनताले दिएको मतको समेत कदर नभएको भण्डारीले बताए । संबिधान निर्माणको क्रममा पनि काँग्रेसले सबै दललाई साथमा लिएर संबिधान जारी गरेको स्मरण गर्दै काँग्रेस नै देशको सक्षम पार्टी भएको उनले दाबी गरे ।
संबिधानको रक्षा गर्न र प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्नका लागि पनि देशमा काँग्रेस आउनुको बिकल्प नरहेको भण्डारीले बताए । आफूले धेरै पहिले नै कम्युनिष्टहरुको एकता धेरै नटिक्ने बताउँदै आएको सन्र्दभमा आज आएर प्रमाणित नै भएको बताए ।

आगामी बैशाखमा हुने निर्वाचनबाट पुराना नेताहरु सबै बिस्थापित हुने र नयाँ पुस्ताले देशलाई सही तरिकाले हाक्ने उनको दाबी छ । आगामी निर्वाचनमा काँग्रेसले कसैसंग तालमेल र गठबन्धन गर्नु आवश्यक नरहेको भन्र्दै गठबन्धन भए अहिलेकै कम्युनिष्टको हालत हुने पनि बताए ।

  • (खबर मार्केटबाट)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय