मुसिकोट युवा क्लवले युवाहरुलाई क्लवमा गोलबद्द गर्दै,प्रत्येक वडामा समिति गठन हुदै

करिष्मा अर्याल मुसिकोट गुल्मी – मुसिकोट युवा क्लवले मुसिकोट नगरभित्रका युवाहरुलाई गोलबद्द गर्दै वडास्तरीय समिति निर्माण सुरु गरेको छ। गत साउन २७ गते बसेको नगरस्तरीय बैठकले वडास्तरीय समिति गठन गर्ने र त्यसको लागि वडा प्रतिनिधि समेत तोक्ने निर्णय गरि जिम्मेवारीसमेत तोकेको थियो ।

सोहि क्रममा बिहिबार मुसिकोट ३ बडागाउमा उपस्थित सरोकारवालाको भेलाबाट वडा समिति गठन गरिएको छ। जसको अध्यक्षमा ज्ञानहरी घिमिरे,उपाध्यक्ष प्रताप थापा,महिला उपाध्यक्ष सिमा घिमिरे,सचिव रविन पाण्डे,सहसचिव मधु सुनार,कोषाध्यक्ष विष्णु बहादुर कार्की,सहकोषाध्यक्ष गणेश सिंह र थम्मन बहादुर घिमिरेको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरिएको क्लवका नगर अध्यक्ष वसन्त अधिकारीले जानकारी दिनुभएको छ।

त्यस्तै वडानम्बर ४ वडागाउ र वडानम्बर ८ वामीमैदानमा शुक्रबार १५/१५ सदस्यीय समिति गठन गरिएको छ। वडानम्बर ४ वडागाउमा सागर शाहीको अध्यक्षतामा वडा समिति गठन गरिएको छ।

जसको उपाध्यक्षमा लेख बहादुर सारु,महिला उपाध्यक्षमा लक्ष्मी बगाले,सचिव बोम पल्ली,सहसचिव सुदिप नेपाली,कोषाध्यक्ष मोहन खत्री,सहकोषाध्यक्ष रुपा बगाले र गुप्त बहादुर कार्कीको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन गरिएको क्लवका उपाध्यक्ष दिनेश सिंहले जानकारी दिनुभयो।

वडानम्बर ८ वामीमैदानमा अजित बिकको अध्यक्षतामा समिति गठन भएको छ। जसको उपाध्यक्षमा किरण बिक,महिला उपाध्यक्ष अनुमा परियार,सचिव बुद्द विश्वास रायमाझी,सहसचिव सुनाल परियार,कोषाध्यक्ष कपिल नेपाली,सहकोषाध्यक्ष अन्जली परियार लगायत रहनुभएको र वडाध्यक्ष रमेश विकको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन गरिएको क्लवका वरिष्ठ उपाध्यक्ष अनुप पाण्डे(खिमलाल) ले जानकारी दिनुभयो।

क्लव गठन गर्नको लागि सम्बद्द सबैलाई सार्वजनिक रुपमा सुचना गरिएको र उपस्थित भेलाबाट सर्वसम्मत रुपमा गठन गरिएको क्लवका वडानम्बर ८ संयोजक तथा सदस्य कमल बरालले बताउनुभयो।

छिट्टै सबै वडाहरुमा गठन गरेर क्लवको नगर अधिवेसन गर्ने तयारीमा क्लव जुटेको क्लवका नगर महासचिव विष्णु प्रसाद आचार्यले जानकारी दिनुभएको छ।

बिहिबार गठित वडानम्बर ३ को वडा समितिले आउदो भाद्र २६ गते हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा तीज गीत प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ भने वडा नम्बर ८ को वडा समितिले भाद्र ३१ गते तीज गीत प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको क्लवकी महिला उपाध्यक्ष सपना रायमाझीले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय