जसपा नेता गुरुङद्वारा खेलकुद सामाग्री हस्तान्तरण

मुसिकोट । जनता समाजवादी पार्टी गुल्मीका अध्यक्ष बिरु गुरुङले मुसिकोट नगरपालिका वडा नम्बर छ चिदिपानीमा रहेको दीपज्योति जनकल्याण युवा परिवारलाई खेलकुद सामाग्री हस्तान्तरण गरेका छन् ।

गुरुङले क्लबका सक्रिय सदस्य तथा पत्रकार हुकुम थापाको पहलमा मंगलबार एक कार्यक्रमका बीच क्लबलाई १ थान भलिबल , १ थान भलिबल नेट , २ वटा रेफ्री सीटी, नम्बर काउन्टिङ बोर्ड लगाएत खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन् ।

राष्ट्रिय भूमि आयोग गुल्मीका सदस्य समेत रहेका गुरुङले मुसीकोट नगरपालिकाका विभिन्न विद्यालय, क्लब तथा खेलाडीहरुलाई सहयोग गर्दै आएका छन् ।
विभिन्न संघ संस्थामा समेत आबद्द रहेका गुरुङले खानेपानी, मोटरबाटो लगाएत भौतिक पूर्वाधार विकासका लागि समेत महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

पछिल्लो क्रममा दीपज्योति जनकल्याण युवा परिवारका सक्रिय सदस्य तथा पत्रकार थापाको विशेष सक्रियतामा क्लबका खेलमैदानमा तारजाली लागाउने, शौचालय तथा पिउने पानी सहित व्यवस्थित खेलमैदान बनाउने उदेश्य सहित काम सञ्चालन भइरहेको छ । गुरुङको सहयोगले भलिबल खेलको विकास र खेलाडी उत्पादनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास सहित क्लबका सक्रिय सदस्य थापाले धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय