राेल्पा नगरपालिका २ का वडा अध्यक्षद्वारा साहासिक पिङको निर्माण

तेज वीर वि .सि,राेल्पा । राेल्पा नगरपालिका वडा नं. २ काे चुनारे भिरमा पर्यटन विकासका लागि लहरी पिङ निर्माण गरिएको छ ।

पर्यटकको आकर्षणकाे लागि चुनारे भिरकाे शिरमा बनाइएको हो। चुनारे भिर खाेलाकाे सतह बाट करिब १ किलोमिटर काे उचाइमा रहेकाे छ।

पहाडमा बनाएको पिङ बाट खाेलाकाे काेलह र पानीकाे रमणीय यात्रा र चरिका चिरविर आवाजहरुले मन लाेभ्याउने रोल्पा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रकाश डागिले बताए।
यो ठाउँमा गर्मिकाे समयमा निकै सितल र सिरसिरे हावाले मन र थकान लाई भुलाइदिने डागिले जानकारी दिए।

पर्यटन विकासकाे लागि प्रदेश बाट दस लाख रुपैयाँ विनियोजन गरिएको थियाे उक्त बजेबाट निर्माण गरिएको अध्यक्ष डागिले जानकारी दिए।

डागी भद्र शालिन र परिवर्तनका खातिर युवा नेता हुन उनी गत चुनावमा नेकपा माओवादीबाट विजयी भएका हुन ।डागिले विकास निर्माणमा आफै फिल्डमा गएर काम गर्छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय