बागलुङमा पिकअप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

रामप्रसाद घिमिर – बागलुङ । बागलुङमा पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको काठेॆखोला गाउँपालिका–५ बिहुँ ठुलढुङ्गामा पिकअप जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।

बागलुङको गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको पिकअप मध्येपहाडी लोकमार्गबाट ५ सय मिटर तल खसेको र मृतकको सनाखत हुन नसकेको केसीले बताए ।

घटनास्थलमा प्रहरी र स्थानीयले खोजी एवं उद्धार गरिरहेको बताइएको छ । जिपमा कति यात्रु सवार थिए र मृतक कोको हुन भन्ने नखुलेको सुचना अधिकारी समेत रहेका केसी बताए ।

घटनास्थल सदरमुकाम देखि करिब २० किलोमिटर पश्चिममा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय