नेविसंघ रेसुङ्गा क्याम्पसको १३ औं इकाइ अधिबेशनबाट नया नेतृत्व चयन

अनिष पन्थी
जेठ २२ गुल्मी
नेपाल बिद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पसको १३ औं इकाइ अधिबेशनबाट नया नेतृत्व चयन भएको छ।जसको सभापतिमा शिभ भण्डारी ,वरिष्ठ उपसभापतिमा आभास पाण्डे( सागर) उपसभापतिमा दिपक पन्थी ,पार्वती पन्थी (सलिना),सीता पाण्डे ,बिपना पाण्डे निर्वाचित भएका छन।

यस्तै सचिवमा अनिष पन्थी , बिमला पाण्डे सहसचिवमा सुभेक्षा पाण्डे कोषाध्यक्षमा करिस्मा टन्डन सह कोषाध्यक्षमा दिक्षा अर्याल निर्वाचित भएका छन। यस्तै सदस्यहरु लेखनाथ खनाल, रमा पाण्डे ,मन्जु पाण्डे ,अस्मिता सदा, सम्झना पन्थी ,सिमरन कार्की , बिमला पाण्डे र सास्कृती संयोजकमा आरती गुरुङ निर्वाचित भएका हुन।

निर्वाचित समिति पदाधिकारीलाई नेविसंघ केन्द्रिय सभापति एवं प्रमुख अतिथि दुजाङ शेर्पाले टीका र प्रमाणपत्रबाट सम्मानित गर्दै सफल कार्यकालको शुभकामना दिएका छन।
शैक्षिक आन्दोलनमा नेविसंघ थप अब्बल भएर अगाडि बढने बताउदै स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा निर्वाचित भएपछि अब नेविसंघको जिम्मेवारी थप बढदै गएको केन्द्रिय सभापति शेर्पाले बताए।
शेर्पाले अबको रणनीतिमा शैक्षिक आन्दोलनमा केन्द्रित भै नया र रचनात्मक काम गर्न पर्ने बताए । जुन अहिले युवा पुस्तामा बिदेस जाने ट्रेन्ड छ यो नेविसंघ ले रोकेर नेपालमै रोजगारी सिर्जना गर्नुपर्ने बताए।

कार्यक्रममा नेविसंघका केन्द्रिय सभापति दुजाङ शेर्पाको प्रमुख आतिथ्यता,नेपाली कांग्रेस गुल्मीका सहसचिव छवि पाण्डे ,संघसंगठनका बिभाग प्रमुख प्रेमनारायण भण्डारीको विशेष आतिथ्यता रहेको थियो।
नेविसंघ पुर्व केन्द्रिय सदस्य सुदर्शन खनाल,पदम भट्टराई नेविसंघ नेता शिव सापकोटा ,भुवन भट्ट ,मदन भण्डारी नेपाली कांग्रेस क्षेत्रीय सचीव अनिल बस्नेत नेविसंघ जिल्ला सभापति झबिन्द्र पाण्डे ,नेविसंघ क्षेत्रीय सभापति अर्जुन पोख्रेल ,नेविसंघ जिल्ला सहसचिव रोशन सिह ठकुरी नेपाली कांग्रेस नगर सचीव प्रकाश बुढाथोकी ,गुणाखर पाण्डे महिला संघ नगर सभापति सीता पाण्डे ,जिल्ला सदस्य निर्मला केसि सीता बिक लगायतको उपस्थित रहेको थियो ।

नेविसंघ रेसुङ्गा बहुमुखी क्याम्पसका निबर्तमान सभापति पुनाराम घिमिरेको सभापतित्व रहेको कार्यक्रमको संचालन सह सचीव अनिल खत्रीको रहेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय