नरखोला लालांगी(दजाकोट)लिफ्ट खानेपानी उपभोक्ता समितिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

हुकुम थापा मुसिकोट, गुल्मी-नरखोला लालांगी ( दजाकोट ) लिफ्ट खानेपानी उपभोक्ता समिति मुसिकोट ४ बडागाउ गुल्मीले शनिबार सामाजिक लेखा परिक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।

आर्थिक वर्ष २०७३/०७४ देखि निर्माण कार्य सुरु भै आर्थिक वर्षको २०७९/८० को बैशाख सम्म सम्पन्न योजनाको शनिबार मुसिकोट माध्यमिक विद्यालय मुसिकोट ४ बडागाउको खेलमैदानमा कार्यक्रम सम्पन्न भएको हो।

 

कार्यक्रममा वडानम्बर ४ का वडाध्यक्ष जुक्त बहादुर छंतेलले योजना सम्पन्न भए पश्चात उपभोक्ता समितिले यसरी उपभोक्तालाई डाकेर भएगरेका सबै काम छर्लंग पारेकोमा खुसि व्यक्त गर्दै धन्यवाद दिनुभएको थियो ।

त्यस्तै पुर्व वडाध्यक्ष ओम बहादुर केसीले खानेपानी योजना सम्पन्न भएर सबैको घरमा पानीको सहज आपुर्तीले सबैको मनमा खुसी छाएको भन्दै समितिलाई धन्यवाद दिनुभएको थियो।

सोहि क्रममा समाजसेवी व्याक्तित्व तथा समितिका सल्लाहकार समिति संयोजक गुप्त बहादुर कार्कीले खानेपानी घरघरमा पुग्नु खुसीको कुरा भएको कुरा बताउदै यसलाई सुद्दिकरण गर्ने र आम समुदायलाई अब शुद्द पिउने पानीको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको र अबको समय र ध्यान त्यता लगाउनुपर्नेमा उहाले जोड दिनुभएको थियो। कार्यक्रममा बाबुराम शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

एक घर एक धारा कार्यक्रम अन्तरगत हाल उक्त योजनामा ३३३ घरधुरी उपभोक्ता रहेका छन् भने कार्यक्रममा २७० घरधुरीको उपस्थिति रहेको थियो।

कार्यक्रममा सुमेन्द्र सिंह,गन बहादुर बगाले,तारा सुनार,सोम दर्लामी,अम्मर रेशमी,केशर विक,रेम बहादुर बगाले, टिका बहादुर कुवर,भिम बहादुर सिंह,लगायतको उपस्थिति रहेको थियो।

सस्थाका सचिव महेन्द्र बगालेले दुइ करोड, सन्ताउन्न लाख, सैतिस हजार सात सय उनान्चालिसा बराबरको लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

समितिका उपाध्यक्ष केशव सिंहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। समितिका अध्यक्ष विष्णु बगालेको अध्यक्ष्यता रहेको कार्यक्रमको संचालन पुरन बगालेले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय