एक वर्षदेखि उपचारको अभावमा बाँचिरहेछन् बागलुङमा एक युव

बागलुङ : बडिगाड गाउँपालिका वडा नम्बर ९ दर्लिङका जीवन खत्री एक वर्षदेखि क्यान्सर रोगबाट ग्रसित छन् । उनको आर्थिक अवस्था कमजोर हुँदा परिवारले उनको उपचार गराउन सकिरहेका छैनन् । गरिब परिवारका खत्री १७ वर्षमा क्यान्सरबाट ग्रसित हुँदा परिवार समेत निकै चिन्तित छन् ।

क्यान्सर खुट्टामा फैलिदै गएपछि उनको गत वर्ष मंसिरमा बायाँ खुट्टा अप्रेशन गरेर काटेर फलिएको छ । उनको उपचारका लागि परिवारले सहयोगको अपिल गरेको छ । उनको उपचार गर्दा अहिलेसम्म १७ लाखभन्दा बढी खर्च भएको परिवारले जनाएको छ । उनको उपचारका लागि अझै १५ लाखभन्दा बढी लाग्ने खत्रीले बताए ।

उनले परिवारको अवस्था निकै नाजुक हुँदा समयमै उपचार गर्न नपाएको बताए । ‘घरको आर्थिक अवस्था निकै कमजोर छ, कमाउने कोही छैन, बाबा आमा पनि बुढो हुन लाग्नुभयो,’ उनले भने ‘मलाई कसैले सहयोग गरे बाँच्थे की ?’ विपी कोइराला मेमोरियर हस्पिटल भरतपुरमा उपचार गराई राखेका खत्री आर्थिक अभाव भएपछि गत चैत महिनादेखि चेकअपको लागि जानका सकेका छैनन् ।

खर्च अभाव हुँदा घरमै बसिरहेका उनको उचारका लागि सहयोग गर्न चाहनुहुने महानुभावले उनको भेना रामबहादुर पौडेल ९८६७१७१९९७, ९८०५२३०५९८ र स्वएम् खत्रीलाई ९८६७९२२१८६ नम्बर सम्पर्क गर्न सक्नु हुनेछ । साथै उनको भेना रामहादुर पौडेलेको प्रभु बैंकको ०५९००९५६६९९०००११ खाता नम्बरमा सिधै जम्मा गर्न सक्नु हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय