नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाही गर्नुपर्छ : गुल्मी कांग्रेस

गुल्मी । नेपाली कांग्रेस गुल्मीले नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणमा मुछिएकालाई कारबाही गर्नुपर्ने धारणा राखेको छ । जिल्लास्थित पार्टी कार्यालय बीपी स्मृति भवन तम्घासमा भएको नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकमा नेपालीहरूको शिर लज्जाले निहुरिएको नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणमा मुछिएका जुन सुकै दल वा ओहदाका व्यक्तिहरू भएपनि कारबाही गरिनुपर्ने धारणा आएको जिल्ला सभापति खिलध्वज पन्थीले बताउनुभयो ।

बैठकमा नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणमा मुछिएका जस्तै अन्य काण्डहरूको समेत सूक्ष्म छानबिन गरी भ्रष्टाचारीहरूलाई कारबाही गरिनुपर्छ भन्ने गुल्मी कांग्रेसको छ । यस विषयमा केन्द्रीय समितिले स्पष्ट धारणा सार्वजनिक गर्न जरुरी छ । बैठकको यो निर्णयलाई केन्द्रीय कार्यालयमा पठाइने भएको सभापति पन्थीको भनाई छ ।

बैठकबाट सबै स्थानीय तहहरुले असार १० गते आ.व. २०८०/०८१ को बजेट प्रस्तुत गर्ने तयारीमा रहेको भन्दै अब्बल र जनमुखी बजेट निर्माणमा सहयोग पुर्याउन काँग्रेसको तर्फबाट निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षको भेला यहि जेष्ठ १५ गते बीपी स्मृति तम्घासमा आयोजना गर्ने निर्णय भएको सचिव भगत सिंह खड्काले जानकारी दिनुभयो ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति, गुल्मीको २०७८ फागुन ९ गतेको बैठकबाट गठन भएको कार्यसम्पादन समितिमा ४ जना सदस्यहरू थप गरिएको छ । जसमा श्रीप्रसाद भलामी, हरि बहादुर खत्री, कल्पना पन्थी र राधिका न्यौपाने रहनुभएको उहाँले बताउनुभयो ।

त्यस्तै, प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय कार्यसमितिद्वारा आपसमा समन्वय गरी आ-आफ्नो क्षेत्र भित्र सम्मेलन हुन बाँकी रहेका वडा तथा पालिकामा जेठ मसान्तभित्र सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको अर्का सचिव जगदीश भट्टराईले जानकारी दिनुभयो । वर्तमान राजनैतिक परिवेशलाई दृष्टिगत गरी नेपाली काँग्रेसमा आवद्धहरूलाई प्रशिक्षित तुल्याउँदै सङ्गठन बलियो बनाउन प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ । प्रशिक्षण विभागलाई उक्त कार्यक्रमको मोडल र तालिका तयार पार्ने जिम्मेवारी प्रदान गरिएको उहाँले बताउनुभयो ।

गुल्मीमा काँग्रेसको सङ्गठनलाई थप सुदृढ, सबल र गतिशील बनाउने उद्देश्यले विभागहरू गठन गरिएको पार्टी प्रवक्ता उदयबहादुर थापाले जानकारी दिनुभयो । जसमा प्रशिक्षण विभाग संयोजक अनन्तराम पौड्याल, शिक्षा विभाग संयोजक शिव बहादुर खत्री, अनुगमन, मूल्याङ्कन तथा अनुशासन विभाग संयोजक भगत सिंह खड्का, संङ्गठन विभाग संयोजक जगदीश भट्टराई, आर्थिक नीति तथा योजना विभाग संयोजक अखिलेश्वर प्रसाद पाण्डेय, सूचना तथा प्रचार विभाग संयोजक छविलाल पाण्डेय रहनुभएको छ ।

स्थानीय तह समन्वय विभाग संयोजक धर्मराज पाण्डेय, भू.पू. सैनिक विभाग संयोजक उदय बहादुर थापा, अन्य पार्टी सम्पर्क विभाग संयोजक पारिश्वर ढकाल, वन तथा वातावरण विभाग संयोजक चन्द्र बहादुर महत, दलित विभाग संयोजक इश्वरी परियार, उद्योग, व्यापार तथा पर्यटन विभाग संयोजक कृष्ण प्रसाद पोखरेल, अनुसन्धान तथा अभिलेख विभाग संयोजक गोपाल प्रसाद पाण्डेय, कृषि तथा सहकारी विभाग संयोजक धातानन्द भण्डारी, स्वास्थ्य विभाग संयोजक लिलाधर आचार्य, संवैधानिक तथा कानून विभाग संयोजक लोक प्रसाद खरेल रहनुभएको छ ।

त्यस्तै, आदिवासी तथा जनजाति विभाग संयोजक वेद बहादुर थापा, खेलकुद विभाग संयोजक हरि कुमार श्रेष्ठ, गैह्र सरकारी संस्था विभाग संयोजक शेर बहादुर कुँवर, उर्जा, जलश्रोत तथा सिचाइँ विभाग संयोजक राजेन्द्र राणा, भौतिक पूर्वाधार तथा यातायात विभाग संयोजक पदम बहादुर विष्ट, श्रमिक विभाग संयोजक नविन जि.सी., द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग संयोजक हरि बहादुर खत्री, महिला विभाग संयोजक गंगा देवी पाण्डेय, सांस्कृतिक विभाग चुरा बहादुर खत्री, भाषा, साहित्य, कला तथा संस्कृति विभाग संयोजक थम्मन बहादुर खत्री, अपाङ्ग विभाग संयोजक भिम प्रसाद पोखरेल प्रशासन विभाग संयोजकलक्ष्मी प्रसाद भण्डारी र वैदेशिक रोजगार समन्वय विभाग संयोजक विष्णुराज भण्डारी रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय