बडिगाड गाउँपालिकाका जनप्रतिनिधिहरुको बार्षिक समिक्षा कार्यक्रम, करिव ७२ प्रतिशत योजना सम्पन्न

गुल्मी । बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिकामा चालु आर्थिक बर्ष २०७९-८० को बार्षिक कार्य प्रगतिमा समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

पालिकाले मंगलबार प्रशासकिय भवनको सभा हलमा पालिका अध्यक्ष गण्डकी थापा अधिकारीको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि २०७९ वैशाख ३० मा सम्पन्न स्थानिय तहको निर्बाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको वार्षिक कार्य प्रगति प्रस्तुत तथा समिक्षा गरेको हो ।

उक्त कार्यक्रममा अध्यक्ष गण्डकी थापा अधिकारीले पालिकाको बार्षिक कार्य प्रगति प्रतिबेदन पेस गर्नुभएको थियो।

उहाँका अनुसार चालु आर्थिक बर्ष २०७९-८० मा अहिले सम्म ७१.९ प्रतिसत योजनाहरु सम्पन्न भईसकेको र वांकि जेठ १५ सम्म सक्ने योजना रहेको बताउनु भयो।

चालु आर्थिक बर्षमा योजना शखाबाट बिनियोजित रकम र राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम सहित छनोट भएका ३४२, सम्झौता सम्पन्न भएका योजना कार्यक्रम ३५६, कार्यपालिकाबाट निर्णय भएका १४ ओटा योजना सहित हाल सम्म पेस्कि निकासा भएका योजना ११५, हाल सम्म सम्पन्न भई फरफारक भएका योजना २५६ र ११५ ओटा योजना सम्पन्न हुन बाँकि रहेको बिबरण अध्यक्ष गण्डकी थापा अधिकारीले पेस गर्नुभयो।

पालिकाबासिहरुमा रहेका आधारभुत आवश्यकता पुरा गर्नु जनप्रतिनिधिहरुको मुख्य दायित्व रहेको भन्दै सबै वडाका वडा अध्यक्षहरुलाई सबै टोलको अनुगमन गर्न निर्देसन गरेको अध्यक्ष अधिकारीले बताउनुभयो ।

उक्त अबसरमा सहभागी भएका बिभिन्न राजनितिक दलका प्रतिनिधिले पालिकाबाट संचालन भएका योजना र अनुदानका कार्यक्रमको पालिकाबाट कडा अनुगमन गर्नु पर्ने सुझाव दिए

जनप्रतिनिधि, कार्यपालिका सदस्य, राजनितिक दलका प्रयिनिति, पत्रकार, सुरक्षाकर्मी र कर्मचारीहरुबिच बार्षिक प्रगतिमा समिक्षा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भिमसेन बनको स्वगत मन्तब्य र प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारिको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय