भानु माध्यमिक विद्यालयमा गत माघमा सम्पन्न हिरक महोत्सवको आम्दानी खर्चको बिवरण सार्वजनिक

गुल्मी । बाग्लुङ्गको बडिगाड गाउँपालिका वडा नं ५ ग्वालिचौरमा रहेको भानु माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ६० औँ बर्षको अवसरमा आयोजना गरेको हिरक महोत्सवको आम्दानी र खर्चको बिवरण सार्वजनिक गरेको छ ।

विद्यालयले अभिभावक भेलाको आयोजना गरी २०७९ सालको बार्षिक परिक्षाफल पुरस्कार बितरण सङ्गै बिद्यालयमा गत माघ २२ गते देखी सुरु भई माघ २८ गते सम्पन्न हिरक महोत्सवको आम्दानी र खर्चको बिवरण सार्वजनिक गरेको हो ।

बिद्यालयले दिएको जानकारी अनुसार बिद्यालयमा माघ २२-२८ मा सम्पन्न् हिरक महोत्सवमा नगद चन्दा रु २,३४,६८,४७१/- (दुई करोड चौतिस लाख अठसठ्ठि हजार चार सय एकहत्तर), अक्षय कोष स्थापना रु ५,२३,७१६/- (पाँच लाख तेईस हजार सात सय सोह्र) र अनुमानित रु १२,००,०००/- (बाह्र लाख) बराबरको चार आना जग्गा सहयोग प्राप्त भएको र कुल २६,५७,०५८/_ (छब्बिस लाख सन्ताउन्न हजार अन्ठाउन्न ) खर्च भएको प्रद्यानाध्यापक केशव खरेलले जानकारी दिनुभयो ।

विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको हिरक महोत्सवमा देश बिदेशमा रहेका बिभिन्न माध्यमबाट महोत्सवलाई सफल पार्न सहयोग गर्ने सबैलाई प्रद्यानाध्यापक खरेलले धन्यबाद समेत ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय