बडिगाडका पशुचौपायामा पनि देखियो‘लम्पी स्किन’रोगको सङ्क्रमण !

बागलुङ । बडिगाड गाँउपालिकाका पशुचौपायामा पनि ‘लम्पी स्किन’ रोग फैलिन सुरु भएको छ । पालिकाका तल्लो वडाहरुमा ‘लम्पी स्किन’ रोगको लक्षण देखिएको बडिगाड गाँउपालिकाका कृर्षि शाखाका पशु सेवा प्राविधिक बशन्त गौतमले जनाकारी दिनुभयाे ।

बडिगाड २ सकन्यारको एक पशुमा ‘लम्पी स्किन’ संग मिल्दो जुल्दो लक्षण देखिएपछि नमुना संकलन गरि काठमान्डौंको प्रयोगशालामा गरिएको परिक्षण बाट गत बैशाख १२ गते बडिगाडमा ‘लम्पी स्किन’ पुष्टि भएको थियो ।

त्यसयता पालिकाका वडा नं. २ सहित ४, ५, ६ को माथिल्लो भेग र ९ नम्बर वडामा ‘लम्पी स्किन’ रोगका लक्षण सहितका पशु भेटिएका गौतमले बताउनुभयाे । बडिगाडमा ‘लम्पी स्किन’ तिब्र रुपमा नफैलिएको भएपनि रोगका लक्षण सहितका पशु भने छिटफुट रुपमा फेटिएका उहाँले बताउनुभयाे ।

‘लम्पी स्किन’ रोग सर्ने भएकाले धेरै ठाउँमा फैलिएको हुन सक्ने र किसानलाई जानकारी नहुँदा वास्तविक विवरण पालिका सम्म प्राप्त नभएको पनि हुन सक्ने पशु सेवा प्राविधिक गौतमको भनाई छ ।

नेपालमा दुई वर्षअघि देखिएको ‘लम्पी स्किन’ भाइरसका कारण लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट सजिलै रोगी पशुबाट निरोगी पशुमा सर्ने सक्छ । रोग लागेपछि गाईवस्तुका घाँटी, पुच्छरलगायत शरीरका विभिन्न भागमा साना–ठूला गिर्खाहरू देखापर्ने, मुखबाट फिँज धेरै निकाल्ने, उच्च ज्वरो, कचेरा र सिँगान बग्नेजस्ता लक्षण देखापर्ने गर्दछ ।

बडिगाडका पशु सेवा प्राविधिक बसन्त गौतमले रोगको नियन्त्रणका लागि प्रभावित क्षेत्रका गाई–भैँसी खरिद–बिक्री तथा ओसारपसार नगर्न, रोगी पशुलाई अलग राखी उपचारमा लाग्न, पशुलाई बाहिर चराउन नलैजान आग्रह गर्नु भएकाे छ ।

साथै उहाँले बडिगाडका वडाहरुमा ‘लम्पी स्किन’ रोग संग मिल्ने लक्षण आफ्ना पशुहरुमा देखिए तुरुन्त पालिकामा सम्र्पक गर्न पनि आग्रह गर्नु भयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय