यी प्रदेशमा आज वर्षाको सम्भावना

aकाठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागमा चट्याङ्ग सहित मध्यम वर्षा वर्षाको सम्भावना रहेको छ।

आज राति देशको पहाडी भू-भागका थोरै स्थानहरूमा साथै देशका बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय