श्रर्मिकहरुको हक अधिकारका लागि निर्माण ब्यबसायि प्रतिबद्धछन् : अध्यक्ष भुसाल

अर्घाखाँची । निर्माण ब्यबसायि संघ अर्घाखाँचीका अध्यक्ष युवा ब्यबसायि बसन्त भुसालले श्रमजीवी वर्गको हकहित र अधिकार सुनिश्चिताका लागि सरकार सदै उदासिन हुने गरेको बताउनु भएको छ ।

अध्यक्ष भुसालले १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै अर्घाखाँची मा रहेका सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा उन्नति र प्रगतिको शुभकामना व्यक्त गर्दै निरन्तर आफ्नो कर्म क्षेत्रमा जुट्ने श्रमिकप्रति सम्मान प्रकट गर्दै अधिकार सुनिश्चितताका लागि राज्यलाई गम्भीर बन्न अाग्रह गर्नु भएको हो ।

‘सम्पूर्ण मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घन्टा काम आठ घण्टा आराम र मनोरञ्जनलगायतका हकअधिकारको स्मरण गराउने दिनका रूपमा हरेक वर्ष मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवसका रूपमा मनाइने भन्दै भुसालले आफ्नो अधिकारका निम्ति एकताबद्ध बन्न अाग्रह गर्नु भएको हो ।

नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकका रुपमा राखिएको बताउँदै अध्यक्ष भुसालले श्रमिकलाई उचित श्रम अधिकार सुनिश्चितता का लागि ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरिएको दिनको रुपमा सबै श्रर्मिकले भब्य रुपमा मनाउनु पर्ने बताउनु भयो ।

विश्व मजदुर दिवसका अवसरमा अर्घाखाँची मा रहेका निर्माण ब्यबसायि सग अाबद्द ५ हजार श्रमिक हरुलाई अध्यक्ष भुसालले शुभकामना ब्यक्त गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय