राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार भएपछि आज स्वदेश फर्किँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार भएपछि आज स्वदेश फर्किँदै हुनुहुन्छ । आज राति ८ बजेको जहाजमार्फत राष्ट्रपति पौडेल स्वदेश फर्किन लागेको उहाँको सचिवालयले जनाएको छ ।

उहाँलाई आज मध्यान्ह १२ बजे अस्पतालबाट डिस्चार्ज गरिँदै छ । पेट र छातीको इन्फेक्सनका कारण शिक्षण अस्पतालमा भर्ना भई लगातार एन्टिबायोटिक चलाउँदा पनि सुधार नभएपछि चिकित्सकहरूको सुझावअनुसार उहाँलाई यहि वैशाख ६ गते थप उपचारका लागि भारत लगिएको थियो ।

भारतको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेन्स (एम्स) मा १२ दिनको उपचारपछि उहाँलाई स्वदेश ल्याउन लागिएको हो । पौडेलको स्वास्थ्यमा राम्रो सुधार भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर