कांग्रेस नेता चन्द्र भण्डारी आज स्वदेश फर्किदै

काठमाडौं । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी आज स्वदेश फर्कदै हुनुहुन्छ । डा. भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लाग्नुभएको हो ।

गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते हुनुभएका डा। भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो ।

आगलागीमा परी सांसद डा। भण्डारी र उहाँकी आमा हरिकला भण्डारी गम्भीर घाइते हुनुभएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । डा. भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।

पछिल्लो समय स्वास्थ्यमा सुधार आएपछि उहाँलाई नेपाल ल्याउन लागिएको डा. भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिनुभयो ।

अहिले उहाँ बोल्ने र हिँड्ने गर्न थाल्नुभएको छ । नेपाल फर्केसँगै डा। भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानुपर्नेछ ।

उहाँ नेपाल वायुसेवा निगमको विमानमार्फत साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय