उपनिर्वाचनका लागि गएराती १२ बजेदेखि मौन अवधि सुरु

काठमाडौं । यही वैशाख १० गते हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ। अर्थात मौन अवधि जारी छ ।

प्रतिनिधिसभा सदस्य चुन्न बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि मौन अवधि लागू गरिएको हो।

उपननिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत २४ गतेदेखि जारी गरेको सो निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्मका लागि प्रचारप्रसार निषेधको अवधि लागू हुने व्यवस्था छ।

उक्त व्यवस्थाबमोजिम वैशाख ७ गते राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म चुनावी प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय